२३ बैशाख, धादिङ –
धादिङमा एमाले उम्मेदवारको सवारी साधनमा शुक्रबार राती अज्ञात समूहले आगजनी गरेको छ ।
धादिङको थाक्रे गाउँपालिका वडा नं २ का वडा अध्यक्ष उम्मेदवार राजकुमार पौडेलको सवारीसाधनमा अज्ञात समूहले आगजनी गरेको हो ।
घर अगाडि पार्कीङ गरीराखेको बा ९ च ८९२९ नम्बरको गाडीको सीसा फुटाई आगजनी गरेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।
गाडीमा कसले आगजनी गरेको हो भन्ने खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२०७४ बैशाख २३ गते प्रकाशित