२३ बैशाख, धादिङ –
मलेसियामा अलपत्र परेका धादिङका मिथुन तामाङ घर फर्किएका छन् । नेपाली दूतावास मलेसियाको पहलमा उनीसँगै ४१ जना नेपाली घर फर्किएका हुन् ।
दूतावासका अनुसार मृत्युदण्डको अभियोगमा सफाई पाएका बारा २ कलैयाका ललित चौधरी समेत घर फर्किएका छन् । लेंग्गेंग घर फिर्तिकेन्द्रमा रहेका उनीहरुलाई दूतावासले हवाई टिकटको व्यवस्था गरेर घर फर्काएको हो ।
उनीहरुको अवस्था अध्ययन गरेपछि दूतावासले सरकारसँग हवाई टिकटका लागि रकम माग गरेको थियो । घर फर्कनेमा सल्लाही, चितवन, सिन्धुली, झापा, स्याङजा लगायतका जिल्लाहरुका रहेका छन् ।
२०७४ बैशाख २३ गते प्रकाशित