२४ बैशाख, धादिङ –
धादिङमा नेपाली काँग्रेसको दुई वटा गाडीमा शनिबार राती आगजनी भएको छ ।
धुनीबेसी नगरपालिका वडा नं ५ बट्टार स्थित पार्टीको सम्पर्क कार्यलयमा राखिएको काँग्रेस नेता विदुर अकौलिया र वडा न ं ५ का अध्यक्ष उम्मेदवार नवराज धितालको गाडी अज्ञात समूहले आगजनी गरेका हुन् ।
बा २ च १७०३ नम्बरको मारुती सुजुकीको गाडी र बा १२ च १२७६ नम्बरको जीप जलाइएको बताइएको छ । काँग्रेसले स्थानीय तहको निर्वाचनको प्रचारप्रसारका लागि सो गाडी प्रयोग गर्दै आइरहेको थियो ।
राती १२ बजेतिर गाडीमा आगजनी भएका कारण स्थानीयले तुरुन्त थाहा पाउन नसकेको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय खानीखोलाले जानकारी दिएको छ ।
यस अघि शुक्रबार राती धादिङकै थाक्रे गाउँपालिकामा एमाले उम्मेदवारको गाडीमा आगजनी भएको थियो ।
२०७४ बैशाख २४ गते प्रकाशित