Tue. Jan 14th, 2025

नीलकण्ठ नगरपालिकाका मेयरका उम्मेदवार श्रेष्ठको प्रतिबद्धता ‘डोमेस्टिक एयरपोर्ट र खेलकुल मैदान’

arjun-gorkhali

२४ बैशाख,  धादिङ –

नेकपा एमालेबाट धादिङको नीलकण्ठ नगरपालिकाको उम्मेदवारी बनेको अर्जुनकुमार श्रेष्ठले चुनावी अभियानलाई तीब्रता दिएको छ ।

अभियान अन्र्तगत अहिले नगरभित्रका नीलकण्ठ, साँकोष, मुरलीभन्ज्याङ, ज्यामरुङ, धुवाकोट, खाल्टे लगायतका ठाउँहरुमा घरदैलो तथा चुनावी प्रचार कार्यक्रमहरु संचालन गरिएको छ ।

उनले नीलकण्ठ नगरपालिका देशकै उदाहरणीय र उत्कृष्ट नगरपालिका बनाउने प्रतिबद्धता  गरेका छन् ।  नगरपालिकामा अहिलेको समस्या सुनेर साध्य छैन । ती सबै समस्या तत्काल समाधान गराएर व्यवस्थित नगर बनाउने अहिलेको मुख्य जिम्मेवारी छ । नगरपालिका छ, तर नगरबासीले नगरपालिकाको महसुस गर्न पाएका छैनन् । गाउँको भुगोल अनुसार सबै क्षेत्रलाई व्यवस्थित गराएर सबै वर्गलाई व्यवसायिक बनाउने मेरो उद्देश्य हो ।

 म यूवा हुँ । अहिलेको परिबेस मैले बुझेको छु । नगर हाक्न सक्ने आँट म मा छ । बच्चा, बृद्धको पनि समस्या मैले राम्रोसंग नियालेको छु । गोर्खाली भन्छन् ‘त्यसैले ढुक्कसंग मैले उम्मेदवारी दिए ।’ नगरपालिकाभित्र डोमेस्टिक एयरपोर्ट संचालन र नगरका हरेक वडामा खेलकुल मैदान योजना समेत गोर्खालीले अघि सारेका छन् ।

२०७४ बैशाख २४ गते प्रकाशित

About The Author