२४ बैशाख, धादिङ –
नेपाली काँग्रेस धादिङले स्थानीय तह निर्वाचनका लागि आफ्नो जिल्ला घोषणापत्र सार्वजनिक गरेको छ ।
घोषणापत्रमा आगामी ५ वर्षमा धादिङलाई समृद्ध र आत्मनिर्भर बनाउने दिशामा अगाडि बढाउने उल्लेख गरिएको छ । स्थानीय तह पुनसंरचनापछि २ ओटा नगरपालिका र ११ ओटा गाउँपालिका रहेको धादिङमा स्थानीय सरकार आफ्नो नेतृत्वमा गठन भएमा प्राकृतिक स्रोत, कृषि उत्पादन एवं पर्यटन, उद्योगव्यवसायको पर्याप्त संभावना बोकेको धादिङमा युवा जनशक्ति परिचालन गरी देशकै नमुना बनाउने बताइएको छ ।
घोषणापत्रमा कांग्रेसले उद्योग ग्राम, कफी ग्राम, पर्यटन ग्राम, चिया ग्राम, फलफूल तथा तरकारी कृषि ग्राम, पशुपालन ग्राम र घरेलु उद्यमशीलताको समुन्नत विकासलाई मध्यनजर गर्दै घोषणापत्रमा यसका संभावना बारे प्रष्ट्याएको छ ।
सबै पालिका केन्द्रसम्म कालोपत्रे सडक विस्तार गर्ने , १०४ ओटै वडामा सडक सञ्जाल विस्तार गर्ने, पालिका केन्द्रमा हेलीप्याड बनाउने, सिंचाइ व्यवस्थापनलाई चुस्त बनाउने, एफ.एम रेडियो सञ्चालन गराउने, वाइफाइ जोनको रुपमा विकास गर्ने, कृषिको आधुनिकीकरण, व्यवसायीकरणको निमित्त नयाँ कृषि प्रविधिको विकास गर्ने, कृषिलाई स्वरोजगारको मुल आधार मान्दै उत्पादनमूलक व्यवसायीलाई रु २ लाखसम्मको उत्पादन लागतमा रु १ लाख (थपहुँदै जाने) अनुदान दिने , गणेश हिमाल एवं पाल्दोर हिमालसम्म पदयात्रा, त्रिशुली र बुढीगण्डकीमा ¥याफ्टिङ, त्रिशुली नदीमा फिसिङ र बिच भलिबल, धार्मिक स्थल, गुफा लगायतलाई पर्यटकीय क्षेत्र बनाउने, बिभिन्न जनजातिको कला र संस्कृतिलाई संरक्षण र प्रवध्र्दन गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।
बेरोजगारी अन्त्यका लागि आयआर्जनको नयाँ क्षेत्रको खोज गनर्,े सहकारी मार्फत युवाहरुलाई २ लाखसम्मको प्रोत्साहन अनुदान दिने,सबै विद्यालयहरुमा भूकम्प प्रतिरोधि भौतिक संरचना बनाउने, हरेक पालिकामा प्राविधिक शिक्षालय स्थापना गर्ने,स्थानीयता सुहाउँदो पाठ्यक्रम निर्माण गर्ने,स्नातकोत्तर क्याम्पस स्थापना गर्ने, नगरपालिकाभित्र ५० शैया र गाउँपालिकामा १५ शैयाको सुविधा सम्पन्न अस्पताल स्थापना गर्ने , सबै नागरिकको रु ५० हजारसम्मको स्वास्थ्य बिमा गर्ने , हरेक वडामा एम्बुलेन्सको व्यवस्था गर्ने, भुकम्पबाट क्षतीग्रष्त भौतिक संरचना पुननिर्माण कार्यलाई उच्च प्राथमिकतामा राख्ने, प्राकृतिक प्रकोपबाट ज्यान गुमाएका अभिभावकका सन्तानलाई कक्षा १२सम्म निशुल्क शिक्षा दिने,एकीकृत जेष्ठ नागरिक सदन निर्माण गर्ने, सबै सामाजिक सुरक्षा भत्ता समय अनुकूल परिमार्जन गर्दै नागरिकको दैलोमा पु¥याउने घोषणापत्र मार्फत जोड दिइएको छ ।
धादिङका हरेक बस्तीहरुमा चाँडै सेवाप्रवाह गरी जनतामा स्थानीय सरकारप्रति विश्वास र अपनत्व जगाइ हरेक नागरिक र सरकार बीच नजिकको संबन्ध स्थापित गर्दै संबृध्द धादिङ निर्माणमा उनीहरुको सहभागिता हुनेगरी विकास र सेवा प्रवाह गतिलाई सन्तुलित र तीव्र बनाउने खाका सहित नेपाली कांग्रेस, धादिङ घोषणापत्र जारी गरेर १०४ ओटै वडाका हरेक बस्तीमा पुगेको घोषणापत्र निर्माण समितिका संयोजक एवं नेपाली कांग्रेसका महासमिति सदस्य झंकनारायण श्रेष्ठले बताए ।
२०७४ बैशाख २४ गते प्रकाशित