Tue. Jan 14th, 2025

परिवर्तन र विकास शारीरिक वनावटले होइन अवसरले सम्भव छ : तामाङ

puran tmg
अर्जुन श्रेष्ठ /२४ बैशाख,  धादिङ –

अपाङ्गता भएका रुविभ्याली गाउँपालिका ५ धादिङका पुरन तामाङले वडा अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । स्थानिय तहको निर्वाचनमा तामाङले नेकपा एमालेबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

अवसर पाए फरक क्षमता भएका मानिसले पनि समाजमा विकास र सकारात्मक परिवर्तन ल्याउन सक्छन् । तामाङले भने, अरु मानिसको आँखा नपुगेको ठाउँमा हामी जस्ता अपाङ्गता भएकाहरुको आँखा पुग्छ किनकी पिडा र समस्याको गहिराइ उसैलाई थाहा हुन्छ जसले भोगेको हुन्छ । समाज परिवर्तनका लागि मेरो उम्मेदवारी हो ।

२०६२ साल मंसिर २२ गते रुखबाट लडेपछि बाँया खुट्टाको समस्याले ग्रसित छन् ।  वर्षाैसम्म उपचारका लागि अस्पताल धाएका तामाङले उपचारै नहुने थाहा पाएपछि खुट्टाको उपचार हुने आश मारिसकेका छन् । उनी अहिले सामान्य हिडडुल मात्र गर्न सक्छन् ।

२०६९ सालदेखि घर नजिकै नविन हेल्थ क्लिनिक चलाउदै आएका तामाङ मिजासिलो र सहयोगी स्वभावका छन् । वडा अध्यक्ष पदमा उम्मेदवारी दिने चाहना आएपछि पार्टीसँग कुरा राख्दा सबैले सहयोग गरेको समेत उनलो बताए । तामाङ नेकपा एमालेको निर्वाचन क्षेत्र नं. १ को क्षेत्रिय कमिटिको पूर्व सदस्य समेत हुन् ।

परिवर्तन र विकास शारिरीक वनावटले होइन अवसरले सम्भव छ । त्यसैले यस पटक मलाई पनि अवसर दिनुस् । तामाङले थपे  – गाउँको विकास र भु वनावट अनुसारको सेवा सुविधासँगै गाउँबासीको हकहितमा काम गर्न प्रतिवद्ध छु ।

२०७४ बैशाख २४ गते प्रकाशित

About The Author