Sat. Jan 18th, 2025

आफ्नै पार्टीको तालमेलले पछि परे महिला

kalpana-shova-dhading

शंकर श्रेष्ठ / २५ बैशाख,  धादिङ –

फरक फरक पार्टी बीचको चुनावी तालमेलले गर्दा धादिङमा महिला उम्मेदवार पछि परेका छन् । निर्वाचन कार्यालयमा मनोनयन गर्दा गराइसकेपछि छुट्टाछुट्टै दुई पार्टीहरुबीच तालमेल भएपछि ती पार्टीबाट उम्मेदवारी दिएका महिला उम्मेदवार उम्मेदवारी फिर्ता लिन बाध्य भएका हुन् ।

   जिल्लामा सबैको चासोमा रहेको निलकण्ठ नगरपालिका सहित जिल्लाको ५ स्थानीय निकायमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको तालमेल भएको छ । तामेलपछि माओवादी केन्द्रबाट निलकण्ठको प्रमुख पदमा मनोनयन दर्ता गराएकी शोभा ढंगोल र कांग्रेसबाट उपप्रमुखमा मनोनयन दर्ता गराएकी कल्पना अधिकारीले उम्मेदवारी फिर्ता लिएका छन् ।

 तालमेलमा कांग्रेसले प्रमुख लिने र माओवादी केन्द्रले उपप्रमुख लिने भएपछि माओवादी केन्द्रबाट प्रमुखमा मनोनयन दर्ता गराएकी ढंगोल र कांग्रेसबाट उपप्रमुखमा मनोनयन दर्ता गराएकी अधिकारी आफ्नो उम्मेदवारी फिर्ता लिन बाध्य भएकी हुन् । उनीहरु भन्छन् ‘पार्टीको निर्णय मान्दा उम्मेदवारी फिर्ता लिनुप¥यो ।’

ज्वालामुखी गाउँपालिकाको अध्यक्ष पदमा मनोनयन दर्ता गराएकी लक्ष्मी थापाको उम्मेद्वारी नेकपा माओवादी केन्द्रले फिर्ता लिएको छ । उम्मेद्धारी मनोनयनको क्रममा धादिङका २ वटा स्थानिय तहको प्रमुख पदमा महिला उठाएको नेकपा माओवादी केन्द्रले दुवै महिलाको उम्मेद्धारी फिर्ता लिएको छ । नगर तथा गाउँपालिकाको प्रमुख पदहरुमध्ये एउटा पदमा महिला अनिवार्य हुनुपर्ने भनिएपनि धादिङका राजनैतिक दलहरुले भने तालमेलका नाउमा महिलालाई पछि हटाएको हो ।

 पार्टीले नै टिकट दियो, फेरी पार्टीले नै पछि हटायो । निलकण्ठ नगरपालिकाको प्रमुख पदमा मनोनयन दर्ता गराएरपनि फिर्ता लिएकी डङ्गोल भन्छिन् ‘पार्टीको एजेण्डा र झण्डा बोकेर हिडेको मान्छे म, दुई दशकपछि हुन लागेको स्थानिय निकाएको निर्वाचनमा पार्टीलाइ धोका दिन सकिन, उम्मेद्वारी फिर्ता लिएँ ।’

 उता उपप्रमुखमा मनोनयन दर्ता गराएर फिर्ता लिएकी कांग्रेसकी कल्पनाको पनि भनाई उस्तै छ । उनले भनिन् ‘राजनिति भनेकै यस्तै रहेछ, नचाहदा नचाहदै पनि पछि हट्नुपर्ने ।’ पार्टीले निर्णय गरेकाले जनता साथमा हुँदा हुँदैपनि त्याग बन्नु परेको अधिकारीले गुनासो सुनाइन् । ‘आफुले चाहेर उम्मेद्वारी फिर्ता लिएको भन्ने त हुँदै होइन’ अधिकारीले भनिन् ।

    कांग्रेसबाट केही समय प्रमुखको चर्चामा रहेकी अधिकारीले उपप्रमुखमा मनोनयन दर्ता गराउनुलाई सामान्य मानेका थिए । धादिङको नीलकण्ठ नगरपालिकामा नेपाली काङग्रेसले मेयर र नेकपा माओवादीले उपमेयर लिनेगरि चुनावी तालमेल भएपछि यसको सिकार दुवैपार्टीबाट महिला नै परेका छन् ।

    नेपाली कांग्रेसमा प्रभासाली नेत्रीका रुपमा चिनिएकी अधिकारीको उम्मेदवारीले सबैको चासोको केन्द्र निलकण्ठमा जित हासिल गर्ने आँकलन गरिएका थियो । तर तचालमेल र  अधिकारीको उम्मेद्वारी फिर्ताले धादिङ काँङगे्रसका असल कार्यकर्ताहरु रुष्ट बनेका छन् । केही कार्यकर्ताले सामाजिक सञ्जालमार्फत आक्रोस पोखेका पनि छन् ।

२०७४ बैशाख २५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: