Tue. Jan 14th, 2025

धादिङमा एमाले र माओेवादी केन्द्रका कार्यकर्ताबीच झडप, ४ जना घाइते

uml-mawobadi
२५ बैशाख,  धादिङ –

धादिङको गजुरी गाउँपालिकामा  नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ ।

चुनाव प्रचारमा हिडेको दुई टोली जम्काभेटमा हुदाँ गजुरी गाउँपालिका वडा नम्बर ८ चैनपुरमा झडप भएको हो । झडपमा चार जना घाईते भएका छन् । घरदैलो कार्यक्रममा हिड्दै गर्दा माओवादी केन्द्रका कार्यकर्ताले आफुहरुमाथि हमला गरेको एमालेका कार्यकर्ताहरुले बताएका छन् ।

झडपमा एमाले कार्यकर्ता मिलन बराल र सुरेन्द्र बराल घाईते भएका छन् भने माओवादी केन्द्रका मायानाथ अधिकारी र नारायण अधिकारी घाईते भएका छन । घाईते भएका माओवादी केन्द्रका कार्यकर्ताहरुलाई उपचारका लागि काठमाण्डौं लगिएको छ भने एमाले कार्यकर्ताहरुको गाउँमै उपचार भईरहेको छ ।

माओवादी केन्द्रले घरदैलो गर्दै हिंडेको स्थानमा एमालेका कार्यकर्ता आएर निहुँ खोजेको केन्द्रका स्थानीय कार्यकर्ता देवराज अधिकारीकोे आरोप छ । उता आफ्ना कार्यकर्ता भएको ठाउँमा गएर माओवादी केन्द्रका कार्यकर्ताले अनावश्यक कुरा गरी निुहँ खोज्दै झडपको वातावरण सिर्जना गरेको एमाले कार्यकर्ता जिवन वरालले बताए ।

दिउंसो ३ वजे तिर भएको घटनापछि गाउँमा शसस्त्र प्रहरी वलको टोली खटाईएको छ भने थप तनाव हुन नदिन दुवै दलका स्थानीय नेतारुसंग समन्वय भईरहेको स्थानीय प्रशासनले जनाएको छ ।

धादिङमा यस अघि एमालेको एक वटा र काँग्रेसको २ वटा गाडीमा आगजनी भएको छ । चुनावप्रचार प्रसारका क्रममा हुन सक्ने संम्भावित घटनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यलय धादिङले सुरक्षा अवस्थालाई कडाई गरेको छ ।

२०७४ बैशाख २५ गते प्रकाशित

About The Author