२५ बैशाख, धादिङ –
उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारसहित तीन मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् ।
सोमबार साँझ राष्ट्रपतिको कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।
नेपाल लोकतान्त्रिक फोरमबाट सरकारमा सहभागी हुनु भएका जितेन्द्र नारायण देवलाई नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने भूमि सुधार मन्त्रालयको जिम्मेवारी गोपाल दहितलाई दिइएको छ।
२०७४ बैशाख २५ गते प्रकाशित