२६ बैशाख, धादिङ –
धादिङमा प्रहरी हवल्दार सहित ७ प्रहरी निलम्बित भएका छन ।
निर्वाचन सुरक्षाका लागि खटाईएका प्रहरीले आचरण विपरितको काम गरेको पाईएपछि उनीहरुलाई तत्काल कारवाही गरिएको छ ।
मध्यक्षेत्रिय प्रहरी प्रमुख डिआईजी गणेश केसी निरीक्षणमा गएका बेला प्रहरीले होहल्ला गरेको देखेपछि उनीहरुलाई निलम्वन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । स्थानीय निर्वाचनमा सुरक्षार्थ हेटौंडा स्थित रातामाटे गणवाट आएका ती प्रहरीले मदिरासेवन गरी होहल्ला गरेको पुष्टि भएपछि थप अनुसन्धानका लागि आइतबार निलम्वन गरिएको हो ।
निर्वाचन सुरक्षार्थ जिल्लामा ५ सय प्रहरी बाहिरी जिल्लाबाट ल्याइएको छ ।
२०७४ बैशाख २६ गते प्रकाशित