२६ बैशाख, धादिङ –
साउदी सरकारले दिएको आममाफीको सदुपयोग गर्दै धादिङका प्रेमबहादुर क्षेत्री सहित ७ नेपाली फर्किएका छन् ।
लटुस ह्युमन रिसोर्स म्यानपावर कम्पनीबाट गएर अलपत्र परेका १४ जना मध्ये सातजना फर्किएका हुन् ।
फर्किनेमा उदयपुरका चेतबहादुर तामाङ, महोत्तरीका लालबहादुर चौधरी, सर्लाहीका आनन्द थापा, र झापाका अनी मगर रहेका छन् ।
उनीहरु साउदीको अल अलवन कन्ट्रयाक्टिङ एण्ड मेन्टिनेन्स कम्पनीमा झन्डौ दुइ वर्ष पहिले पुगेका थिए । कम्पनी राम्रो नभएको र तलब पनि नपाएको भन्दै उदयपुरमा सञ्चालित सामिको सूचना तथा परामर्श केन्द्रमा उद्धारका लागि फोन मार्फत आग्रह गरेका थिए । ६ महिना देखि तलब नपाएको भन्दै तलब दिलाइ नेपाल फिर्काइदिन आग्रह गरेका थिए ।
२०७४ बैशाख २६ गते पकाशित