Tue. Jan 14th, 2025

आइपिएल क्रिकेट : कोलकाता हार्‍यो, पञ्जाबको सम्भावना कायम

CRICKET-T20-IPL-IND-PUNJAB-KOLKATA

२७ बैशाख, धादिङ –

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा  किंग्स इलाभेन पञ्जाबले प्लेअफमा पुग्ने सम्भावना कायम राखेको छ ।

लिग अन्तर्गत मंगलबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई १४ रनले हराउँदै पञ्जाबले शीर्ष चारमा रहँदै प्लेअफमा पुग्ने सम्भावना कायम राखेको हो । मोहालीमा भएको खेलमा पञ्जाबले कोलकातालाई १४ रनले हराएको हो । एक सय ६८ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ५३ रन मात्रै बनाउन सक्यो ।

उसका लागि क्रिस लिनले ८४ तथा सुनिल नरिन र मनिष पाण्डेयले समान १८ रन बनाएपछि हार टार्न सकेनन् । लिनले ५२ बलमा ८ चौका र तीन छक्काको मद्दतमा ८४ रन बनाएक हुन् । पञ्जाबका मोहित शर्मा र राहुल तेवातियाले दुई दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले ६ विकेटको क्षतिमा एक सय ६७ रन बनायो । उसका लागि ग्लेन म्याक्सवेलले ४४, ऋद्धिमन शाहले ३८ तथा मनन बोहराले २५ रन बनाए ।

२०७४ बैशाख २७ गते प्रकाशित

About The Author