Sat. May 18th, 2024

एमाओवादीका सभासद ल्यारक्याल लामाले सपथ लिए

Larkyal-Lama-650

काठमाडौँ  – एकीकृत नेकपा माओवादीका सभासद ल्यारक्याल लामाले पद तथा गोपनियताको सपथ लिएका छन् ।

संसद् सचिवालयमा आइतबार आयोजित समारोहमा संविधानसभा अध्यक्ष सुवास नेम्वाङसँग लामाले शपथ लिएका हुन् ।

एमाओवादीको सिफारिसमा निर्वाचन आयोगले माघ २७ गते लामालाई सभासद नियुक्त गरेको थियो । शम्भु पासवान हजारीको सभासद पद सर्वोच्च अदालतले खारेज गरेपछि एमाओवादीले लामालाई सिफारिस गरेको थियो ।

विवादास्पद छवी भएका लामालाई सभासद बनाएपनि एमाओवादीभित्र समेत तिब्र असन्तुष्ट देखिएको छ । तर, माओवादी नेतृत्वले भने लामालाई विज्ञ व्यक्तिका रुपमा सभासद् बनाएको स्पष्टिकरण दिएको छ ।ः

About The Author

Loading...

अन्य समाचारहरु: