Fri. Jan 17th, 2025

बुद्ध जयन्ती मनाइँदै

Gautam-Buddha

२७ बैशाख,  धादिङ –

आज २५६१औँ बुद्ध जयन्ती ।  वैशाख शुक्ल पूर्णिमाका दिन देशभर बुद्ध जयन्ती भगवान् गौतम बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ ।

गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रूपमा लिने गर्छन् ।

यसैबीच शुभकामना सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको राष्ट्रगौरव र अमरज्योति गौतम बुद्धको जन्मजयन्तीका अवसरमा सम्पूर्ण बौद्ध धर्मावलम्बीलगायत समस्त नेपाली तथा शाक्यमुनि बुद्धको भ्रातृत्व, शान्ति, अहिंसा र करुणाप्रति विश्वास राख्ने स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण महानुभावमा शुभकामना व्यक्त गरिन् ।

२०७४ बैशाख २७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: