२७ बैशाख, धादिङ –
नेकपा एमाले थाक्रे गाउँपालिकाको घोषणा पत्र सार्वजनिक गरिएको छ । निर्वाचन नजिकिरहदाँ एमालेले प्रचार कार्यलाई तीब्रता दिएको छ । थाक्र्रेमा काँग्रेस र माओवादी केन्द्रको तालमेल भएपनि एमाले एक्लै भिड्ने देखिएको छ ।
घोषणापत्रमा यस्तो लेखिएको छ ।
– वडा अध्यक्षले गाउँ/वडापालिकाबाट पाउने कुनै पनि तलव भत्ता सुविधा आफ्नो व्यक्तिगत प्रयोजनका लागि खर्च नगरी वडा भरिका गरिव, असाहय तथा बृद्धबृद्धा र मुटु, मृगौला, क्यान्सर जस्ता खर्चिलो रोग लागेका विरामीको उपचारमा खर्च गर्ने गरी कोष निर्माण गर्न । (वडा अध्यक्ष स्वास्थ्य उपचार कोष)
– सेवाग्राही प्रति अत्यन्त जिम्मेवार, सक्षम तथा पारदर्शी कर्मचारी प्रशासनको निर्माण गर्न । शून्य भ्रष्टारको नीतिलाई कडाईका साथ पालना गर्न÷गराउन ।
– सबै बस्तीमा सडक सञ्जालको विस्तार गर्न । हाल भइरहेका कच्चि सडकलाई फराकिलो बनाई कालो पत्रे गर्न । (महादेवबेसीदेखि सेतीदेवी र अमलडाँडासम्म तीन (३) वर्ष भित्रमा कालोपत्रे गराउन)
– रानीबारी–धैरेनी–बाहुनथान सडक, महादेवबेसी–रातमाटे सडक, फेदी–सेतिदेवी, फेदी केराबारी, लुईकिल–दशकिला र सेतिदेवी–हाप्सेचौर सडकलाई बाह्रै महिना सञ्चालन गर्न ढल, नाली, ग्याविन, ग्रावेल गर्न तथा साठीमुरे र देउराली (माटी खोला)मा कज–वे (पुल) निर्माण गर्न ।
– स्थानीय स्तर (दशकिला, नेपाल टोल, बेसीटोल, बाहुनगाउँ)मा रहेका पानीका स्रोतहरु संरक्षण तथा व्यवस्थित गरी टोलटोमा पर्याप्त स्वच्छ खाने पानी पु¥याउन । (दुई (२) वर्ष भित्रमा रानीबारी खानेपानीलाई मुलखोलाको मुहानमा जोडेर स्वच्छ पिउने पानीको व्यवस्था गर्न र महादेवबेसी बजारमा हाल भइरहेको खानेपानीको अलावा थप पानीको व्यवस्था गरी सर्वजनिक धारा निर्माण तथा घरघरमा पर्याप्त पानी पु¥याउन)
– राजमार्ग (फेदी देखि महादेवबेसी पुलसम्म मुख्य सडकमै र सहायक मार्गको मुख्य चोकहरुमा ) सोलार सहितको सडक बत्ति र सिसि क्यामेरा जडान गरी सुरक्षाको पुर्ण प्रत्याभुत गर्न ।
– बजारमा उत्पादन हुने फोहोरलाई निःशुल्क रुपमा फोहोर संकलन तथा व्यवस्थान गर्न, डम्पिङ साइड निर्माण, ढल व्यवस्थापन गर्न ।
– रानीबारीको अमलडाँडामा एक सुविधा सम्पन्न खेल मैदान निर्माण गरी खेल प्रशिक्षण केन्द्रको रुपमा विकास गर्न ।
– महादेवबेसी बजारमा सुविधा सम्पन्न एक कभर्डहल निर्माण गर्न ।
– सुन्दर बजारको रुपमा विकास गर्न मुख्य सडकहरुका विजुली, टेलिफोन, ईन्टरनेट, टेलिभिजन केवलहरुलाई भूमिगत बनाउन र सडकको दायाँबायाँ किनारामा वृक्षारोपण गरी हरियाली बजारको रुपमा विकास गर्न ।
– वडा भित्र रहेका सामुदायिक बनको वातावरणीय सन्तुलन कायम, संरक्षण र उचित प्रयोग गरी पर्यटन केन्द्रको रुपमा विकास गरी घरघरमै रोजगारीको सिर्जना गर्न ।
– महादेवबेसी, सेतिदेवी र तामाङटोलमा रहेको कालीदेवी मन्दिरको जग्गा व्यवस्थित गरी धार्मिक तथा पूरातात्विक स्थलहरुलाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्न ।
– वडामा रहेका मन्दिर, चर्च, मस्जिद र गुम्वाको निर्माण तथा मर्मत संभार गर्न ।
– हिन्दुहरुको मरन घाट (महादेवबेसी देभान), तामाङ समुदायको चिहानडाँडा (मरनघाट) निर्माण तथा व्यवस्थापन र ख्रिष्टियन तथा मुस्लिम समुदायको समाधिस्थलको खोजी तथा व्यवस्थित गर्न ।
– गाउँपालिकाकै नमुना पर्यटन केन्द्रको रुपमा विकास गर्नेगरी अमलडाँडामा सुरुवात गरिएको रानीबारी संरक्षण पार्कलाई यथाशिघ्र निर्माण तथा व्यवस्थापन गर्न ।
– क्यानोनिङका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न माटीखोलाको तीन तले छाँगोको सरसफाई र संरक्षण गरी अमलडाँडादेखि छाँगोसम्म पुग्न सिँढी निर्माणका निम्ति बजेट व्यवस्था गर्न । (यो काम योजनाको रुपमा अगाडी बढाइसकिएकोले छिट्टै निर्माण सम्पन्न हुनेछ) ।
– भुकम्प पिडितलाई सरकारले घोषणा गरेको अनुदान तत्काल उपलव्ध गराउन समन्वयकारीको भूमिका निर्वाह गर्न र निर्माण भैसकेका घरहरुलाई एकमुष्ट रकम उपलव्ध गराउन पहल गर्न ।
– विद्यलयहरुमा बालमैत्री तथा प्रविधिमा आधारित गुणस्तरीय शिक्षा प्रदान गर्न । (१.सेतीदेवी माविमा व्यवस्थित कम्युटर ल्याव, साइन्स ल्याव, तथा कम्पाउण्ड वाल र तालिम हल निर्माण गर्न । २. जनजागृती उच्च माविलाई क्याम्पसमा स्तरोन्नती गरी प्रविधिक शिक्षालयको रुपमा विकास गर्न । ३. दुवै विद्यालयलाई पर्याप्त दरवन्दीको व्यवस्था गर्न ।
– रानीबारी र महादेवबेसी बजारमा सामुदायिक अध्ययन केन्द्र, सूचना केन्द्र, कम्युटर सहितको व्यवस्थित लाईब्रेरिको स्थापना गर्न ।
– गाउँ गाउँमा इन्टरनेट चलाउने सुविधाका निम्ति ल्याण्ड लाइन फोनको लागि पहल गर्न ।
– यूवा तथा महिला लक्षित सिपमूलका तथा क्षमता अभिबृद्धि सम्बन्धी तालिम संचालन गर्न, व्यवसायी वन्न उत्प्रेरकको काम गर्न ।
– दलित तथा जनजाति समुदायको पेसागत सीप तथा क्षमता अभिबृद्धि गर्न आवश्यक तालिम तथा आधुनिक मेसिन तथा औजार उपलव्ध गराउन ।
– कुलु समुदायको परम्परागत पेशालाई प्रवद्र्धन गर्न आवश्यक कच्चा पदार्थको निर्वाध उत्पादन, प्रशोधन तथा आयात निर्यातमा सहज बनाउन समन्वय गर्न ।
– महिला समुह, आमा समुह र सामाजिक कामका निम्ति भेला बैठक बस्न व्यवस्थित भवन रानीबारी, तामाङटोल, नौकिला र महादेवबेसीमा निर्माण गर्न ।
– जेष्ठ नागरिका लागि निःशुल्क स्वास्थ्य परिक्षणको व्यवस्था मिलाउन, योगा तथा ध्यान केन्द्रहरुको निर्माण गर्न ।
– महादेवबेसीमा रहेको स्वास्थ्य चौकीको स्तरोन्नती गरी गाउँपालिका स्तरीय १५ सैयाको अस्पताल बनाई विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य उपचारको ग्यारेण्टी गर्न ।
– एक वर्ष भित्र स्वस्थ्य चौकीको स्वामित्वमा रहनेगरी सुविधासम्पन्न एक एम्बुलेन्स खरिद गरी सञ्चालन गर्न ।
– आफ्नो टोल आफै सफा राखौंलाई अभियानको रुपमा व्यवस्थित गर्दै प्लास्टिक जन्य सामानको प्रयोग न्यून पार्न, सार्वजनिक स्थलमा धुम्रपान तथा मदिरा जन्य पदार्थको प्रयोग निरुत्साहित गर्न कडाईका साथ निषेध गर्न ।
– प्राङगारिक कृषि तर्फ उत्प्रेरित गरी उत्पादनमा आत्म निर्भर बन्न प्रेरित गर्न कृषक जागरण कार्यक्रम सञ्चालन गर्न । महादेवबेसीमा विशेषज्ञ सहितको निःशुल्क भेटेनरी सेवा प्रदान गर्ने गरी पशुसेवा कार्यालयलाई स्तरोन्नती र कृषि सेवा केन्द्र तत्काल स्थापना गर्न । कृषि सामाग्रिको एकलौटी र कालोबजारीको अन्त्य गर्न सुपथ मुल्यको मल तथा बिउबिजन पसल सञ्चालन गर्न ।
– रानीबारी ठुलो सिंचाई योजनालाई पर्याप्त बजेटको व्यवस्था मिलाई तीन (३) वर्ष भित्र निर्माण सम्पन्न गर्न ।
– तामाङटोल–फेदी, खोलेखेत, बगैचा–बिसमुरे, साठिमुरे र तिसमुरे सिंचाईकुलोलाई आवश्यक बजेट व्यवस्था गरी किसानलाई सुविधा दिलाउन ।
– पानीको मुहान नभएका ठाउँहरुमा वर्षे पानी संकलनको लागि प्लाष्टिक पोखरी तथा ट्यांकी निर्माण गरी बाह्रै महिना तरकारी खेती गर्न सहज बनाउन ।
– किसानको उत्पादनको उचित मुल्य र बजारिकरण गर्न वडा स्तरमै सामुदायिक कृषि केन्द्र स्थापना गरी खेत बारीबाटै उत्पानलाई बजारसम्म पु¥याउन यातायातको व्यवस्था मिलाउन ।
– सामुहिक खेती र आयआर्जनका लागि निःशुल्क विऊविजन तथा खेत जोत्ने आधुनिक ट्याक्टर सहुलियतमा उपलव्ध गराउन ।
– महंगी र कालोबजारी अन्त्यको लागि टोल टोलमा सुपथ मुल्य पसल स्थापना गर्न ।
– टोल टोलमा अपुग पोल तार सहित एक वर्ष भित्र सबै घरमा विद्युतिकरण गर्न र भोल्टेज सुधार तथा ट्रान्सफर्मर खरिद गर्न ।
– लामो समयदेखि बसोबास गर्दै आएका मजदुरहरुको एकीकृत वस्ति निर्माण गरी सुरक्षित बासस्थानको ग्यारेण्टी गर्न ।
– दिगो विकासको अवाधारणालाई उच्च प्राथमिकतामा राख्दै अन्य कामहरु गर्न ।
२०७४ बैशाख २७ गते प्रकाशित