Thu. Jan 16th, 2025

आठ देशका मुद्रासहित ६ जना चिनियाँ नागरिक नाकढुङगाबाट पक्राउ

pakrau

२७ बैशाख,  धादिङ –

 विभिन्न देशका विदेशी मुद्रासहित ६ जना चिनियाँ नागरिकलाई प्रहरीले  नाकढुङगाबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोली बुधबार दिउँसो विभिन्न आठ देशको मुद्रासहित ६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले तीन लाख ४९ अमेरिकन डलर, ६८ हजार युरो, १७ हजार ७ सय चाइनिज युयान, ३१ लाख जापनी येन, स्विस फ्रांन्क २२ सय, अष्ट्रेलियन डलर १४ सय, पाउण्ड स्टर्लिङ ११ सय र नेपाली २४ हजार ६ सय रुपैयाँ बरामद गरेको छ ।

यो रकम नेपाली रुपैयाँ चार करोड ७५ लाख बराबर हो । उनीहरु पर्यटन गाडीमा चढेर केरुङ नाका हुँदै चीन जान लागेका थिए । उनीहरुको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०७४ बैशाख २७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: