Tue. May 21st, 2024

झिम्केको झोला

दिउँसोको दुईबजे झिम्के उड्दैछ कतार । वरिपरि साथी छन् । अलि-अलि जुँगा उम्रेका केटाहरुको हुलमा छ ऊ । काँचा केटाहरुको बगालमा छ झिम्के ।

एयरपोर्टको मुखैमा ठूलो गेट छ । गेटको उत्तरपूर्व ठूलो विमानस्थल छ, त्रिभुवन विमानस्थल ।

ट्याक्सीको साना गाडीहरुको लर्को खुब देखिन्छ त्यता हुँइकिरहेको । गेटमा प्रहरीको सोधपुछमा पास भएर जाने युवायुवतीको हुल झन् चर्को छ त्यही बाटोको पेटीमा ।

झिम्के आˆनो झोला मिलाउँछ ।

‘बीस किलो भन्दा बढ्ता लान पाइन्न । तेरो झोला त तीस किलो जत्तिको छ । मिला, केटा मिला Û’ प्रभुरामले भन्यो ।

झिम्केले झोलाको फस्नर खोल्यो । फाल्ने कुरा के-के छन् ? ऊ ओल्टाइपल्टाई गर्न थाल्यो ।

‘काम नलाग्ने सब फाल्दे है झिम्के !’ प्रभुको उर्दी छ ।

‘भरे फेरि माथि तौलँदा बढी भए झमेला हुन्छ ।’ बोलिरहेछ प्रभुराम ।

झिम्केले झोलाको फस्नर वल्लोदेखि पल्लो छेउसम्म तान्यो । अनेक खिचि्रङमिचि्रङ छन् त्यो टुन्न मोटाएको झोलामा ।

ऊ एकपटक मनमनै हाँस्यो बिहानको कुरा सम्झेर ।

‘तेरो झोलाले भुँडी बोकेछ !’

‘पुटुक्क परेको झोलाले बुहारी ल्याँउने सामल हालेको होला नि ।’

‘तेरो झोलामा दुनियाँ चकित हुने सामानको भिडभाड मात्रै छ जस्तो देख्छु म त !’

बिहान लजमा साथीहरुले टिप्पणी गरेथे ।

अनि मेनपावरले लगाइदिएको माला र टीकामा सजिएर उनीहरु एयरपोर्ट हुर्रिएथे ।

घाँटीमा माला र निधारमा रातो टीका लाएपछि झिम्केलाई बल्ल विदेश जान लागेको भान भयो । उसको मन एकाएक गरुँगो भयो । आँखाबाट आँसु आउला-आउला जस्तो भयो । उसका हातखुट्टा गले ।

प्रभुरामलाई नाइके बनाइएको थियो । मेनपावरले उसलाई समूहबारे भन्ने, अर्‍हाउने र सल्लाह दिने अधिकार दिएको थियो ।

‘अरुको भन्दा तेरो झोला ठूलो देख्छु, केटा राम्ररी मिला है । भरे बित्थामा झ्याउ हुन्छ ।’ फेरि भन्यो प्रभुरामले झिम्केलाई ।

सबै फस्नर खोलेर फोला मिलाउन थाल्यो झिम्केले । अरु पनि आ-आफ्ना पोका पन्तुरा मिलाउन लागिपरेका छन् । कोही डोरीले कस्दै छन्, कोही बिग्रेको चेन मिलाउँदै छन् ।

झिम्के खुब गौण गरी झोला मिलाइरहेछ ।

उसले लुगा हेर्‍यो । ती सबै काम लाग्दा छन् । सुइटर, ज्याकेट र भोटे ऊनको टोपी थिए ।

‘जाडोमा काम लाग्छ !’

सानिमाले दिएको टोपी हातमा लिएर सम्झयो ।

‘मलाई बिर्से पनि यो टोपीले तँलाई मेरो माया गर्न यसले सम्झाउँछ झिम्के ।’ सानिमाले भनेकी थिइन् ।

उसले टोपी सरक्क थन्कायो ।

उसले पातलो कम्बल देख्यो । त्यसले अलिक ठाउँ लिएको थियो । यसलाई मौका मिल्दा फाल्नुपर्छ होला । उसले यस्तै सोचेको थियो ।

हिँड्ने एक साता अघि आमाले त्यो कम्बल पट्याएर दिदै भनेकी थिइन्, ‘झिम्के, तिमेरु सबै सन्तान यसैमा हुक्र्यौ । मलाई आमाले मेरो बिहेमा दिनुभएको ।

About The Author

Loading...

अन्य समाचारहरु: