२८ बैशाख, धादिङ –
काठमाडौँमा अहिलेसम्मकै सबैभन्दा धेरै पुरस्कार राशीको क्रिकेट प्रतियोगिता हुने भएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जेठ ८ गतेदेखि सुरु भई २४ गतेसम्म चल्ने आयोजक राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।
प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय टोलीको सहभागिता रहनेछ ।
सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ र शीर्ष दुई टोली अघिल्लो चरणमा पुग्नेछन् । हरेक खेल जित्दा टिमले २५ हजार रुपैयाँ पाउनेछ ।
प्रतियोगिताको उपाधि विजेताले २० लाख रुपैयाँ पाउनेछ भने उपविजेतालाई १० लाख दिइनेछ । सेमिफाइनलमा पुग्ने बाँकी दुई टिमले पनि ५०-५० हजार पाउनेछन् ।
म्यान अफ दि सिरिजलाई १ लाख पुरस्कार राखिएको छ । उत्कृष्ट ब्याट्सम्यान र बलरले ५०-५० हजार पाउनेछन् भने उदयीमान खेलाडीले २५ हजार पाउनेछ ।
२०७४ बैशाख २८ गते प्रकाशित