२८ बैशाख, धादिङ –
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ (साविकको सल्यानटार गाविस) खोल्सीमा विहिबार आइचर ट्रकले स्कुटरलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ ।
बा ३ ख ३५५९ नम्बरको आइचरले ग १३ प ३०६० नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ ३० वर्षीय रमेश श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा स्कुटरको पछाडि सवार उनका श्रीमती २६ वर्षीय सुनिता श्रेष्ठ गम्भीर घाईते सल्यानटार प्रहरीले जनाएको छ ।
घाईतेको सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । केन्द्रका डाक्टर सृष्टि उपाध्यायका अनुसार घाईतेको अवस्था गम्भीर रहेको बताइएको छ । गम्भीर घाईतेलाई उपचारका लागि काठमाडौँ पठाउनका लागि परिवारलाई आग्रह गरेको छ ।
दुवै सवारी नेपाली काँग्रेस त्रिपुरासुन्दरी गाउँपालिका अन्र्तगत त्रिपूरेश्वरमा भएको आमसभा तथा ¥याली सकेर फर्किएका थिए ।
दुर्घटनापछि ट्रक र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
२०७४ बैशाख २८ गते प्रकाशित