Tue. Jan 14th, 2025

राष्ट्रपति भण्डारी थाइल्याण्ड प्रस्थान

bidhya-bhandari-1

 

२९ बैशाख, धादिङ – 

 

राष्ट्रपति विद्या भण्डारी शुक्रबार थाइल्यान्ड प्रस्थान गरेकी छन् । उनी थाइल्याण्ड हुँदै श्रीलंका जाने छिन् ।

राष्ट्रपति भण्डारी बुद्धजयन्तीको अवसरमा श्रीलंकाको क्याण्डीमा आयोजित विशेष सम्मेलनको समापन समारोहमा प्रमुख अतिथिको रुपमा सहभागी हुने कार्यक्रम छ ।

सवारी मन्त्रीको रुपमा सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकी पनि राष्ट्रपति भण्डारीसँगै त्यसतर्फ प्रस्थान गरेका छन् ।

राष्ट्रपति भण्डारीलाई बिदाइ गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्तीलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो ।

२०७४साल बैशाख २९ गते प्रकाशित

About The Author