Thu. Jan 23rd, 2025

धादिङका कुन नेताले कहाँबाट भोट हाल्दैछन् ?

dhadingmap
३० बैशाख,  धादिङ –

स्थानीय तहको निर्वाचनका लागि जिल्लाबाहिर रहेका र आफ्नो मतदानस्थलबाट टाढा रहेकाहरु मतदान स्थलमा पुगेका छन् भने कोही जाने तयारीमा छन् ।

आफ्नो प्रतिनिधि आफैं छान्न पाउने र स्थानीय सरकारको अभ्यास गर्न पाइने भएकोले पनि जनताहरुमा निर्वाचनको उत्साह छाएको छ । अब निर्वाचन आउन एक दिन मात्र बाँकी छ ।
महिनौंदेखि अरूको मत माग्दै हिँडेका नेता चुनावका दिन आफैंचाहिँ कहाँ हुन्छन् ? तिनले कहाँबाट मतदान गर्दैछन् ? धादिङका नेताहरुले कहाँ भोट हाल्लान् ?

काँग्रेस

दिलमान पाख्रिन – खनियाबास गाउँपालिका बच्छला मावि सत्यदेवी
रामनाथ अधिकारी – नीलकण्ठ नगरपालिका – ६ सुनौलाबजार
रमेश धमला – नीलकण्ठ नगरपालिका – १३ मनरुपी मावि

एमाले

राजेन्द्रप्रसाद पाण्डे – गजुरी गाउँपालिकाको कन्या प्रावि
गंगालाल तुलाधर – गल्छी गाउँपालिका कल्लेरी मावि मैलान
गुरुप्रसाद बुर्लाकोटी – ज्वालामुखी गाउँपालिका सालबास निमावि
धनबहादुर घले – गंगाजमुना गाउँपालिका बसेरी
खेम लोहनी – ज्वालामुखी गाउँपालिका –७ स्थानापती मावि
भूमि त्रिपाठी – वेनिघाट रोराङ गाउँपािलका रिचोकटार

माओवादी केन्द्र

शालिकराम जमरकट्टेल – गजुरी गाउँपालिका किराञ्चोक
रामबहादुर भण्डारी – त्रिपूरासुन्दरी गाउँपालिका ५ भिमोदय मावि गोलाङ

राप्रपा

बुद्धिमान तामाङ – रुवीभ्याली गाउँपालिका बोराङ
परशुराम तामाङ – खनियाबास गाउँपालिका बच्छलादेवी मावि
ठाकुर शर्मा – गजुरी गाउँपालिका आर्दश मावि गजुरी

नयाँ शक्ति

कल्पना धमला नीलकण्ठ ११ शंखादेवी मावि

२०७४ बैशाख ३० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: