३१ बैशाख, धादिङ –
धादिङको निलकण्ठ नगरपालिकाको प्रमुख (मेयर) पदका पाँच जना उम्मेदवारले एउटै केन्द्रबाट भोट खसालेका छन् ।
जिल्लामा सबैभन्दा चासोको विषय बनेको निलकण्ठ नगरपालिकाको मेयरका प्रत्यासी पाँच जनाले वडा नं. ८ स्थित रत्नदेवी मतदान केन्द्रबाट भोट हालेका हुन् । कांग्रेसबाट मेयरका उम्मेदवार भीमप्रसाद ढुङ्गाना, नयाँ शक्ति पार्टीबाट मेयरका उम्मेदवार केशव अधिकारी, एमाले समर्थित स्वतन्त्र उम्मेदवार भरत ढुङ्गाना, कांग्रेस समर्थित स्वतन्त्र उम्मेदवार अनिल कोइराला र नेकपा मालेबाट मेयरका उम्मेदवार खगेश्वर कोइरालाले एउटै केन्द्रबाट मतदान गरेका छन् ।
पाँचै जनाले विहान पहिलो लाइनमा नै बसेर भमतदान गरेको मतदान अधिकृत राधवलाल कर्णले बताए । रत्नदेवीको केन्द्रमा निलकण्ठ नगरपालिकामा कांग्रेस तर्फबाट मेयरका उम्मेदवारका १०१ वर्षिय बुवा शोमनाथ ढुङ्गानाबाट सुभारम्भ गरिएको थियो ।
निलकण्ठ नगरपालिकाको एमालेबाट मेयरका उम्मेदवार अर्जुन कुमार श्रेष्ठ गोर्खालीले भने निलकण्ठ ४ को मतदान केन्द्रबाट भोट खसालेका छन् ।
२०७४ बैशाख ३१ गते प्रकाशित