Thu. Jan 16th, 2025

धादिङमा १ लाख ५४ हजार ३ सय ७४ जनाले मतदान गरे (अपडेट)

dhading-matadan 6

सरिता श्रेष्ठ /  ३१ बैशाख,  धादिङ –

स्थानीय तह निर्वाचनमा आईतबार भएको निर्वाचनमा धादिङ जिल्लामा १ लाख ५४ हजार ३ सय ७४ जनाले मतदान गरेका छन् ।

२ नगरपालिका र ११ वटा गाउँपालिका सहित १३ वटा स्थानीय तह रहेको धादिङ जिल्लामा  २ लाख ६ हजार २ मतदाता रहेका छन् । कुल मतको ७४.९३ प्रतिशत मत खसेको हो ।

सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ नगरपालिकामा कुल ३३ हजार ९९ मतदाता मध्ये २४ हजार २ सय ७७ मत खसेको छ । त्यस्तै धुनीबेसी नगरपालिकामा कुल २० हजार ९ सय ७२ मतदाता मध्ये १६ हजार २ सय ८० मत खसेको छ ।

त्यस्तै  रुवी भ्याली गाउँपालिकामा कुल ५ हजार ८ सय ५८ मतदाता रहेकोमा ४ हजार ३ सय ६१ जना, खनियावास गाउँपालिकामा ७ हजार २ सय २२ मतदाता मध्ये ४ हजार ८ सय ८५, नेत्रावती गाउँपालिकामा ८ हजार ६ सय ८६ मध्ये ५ हजार ९ सय २, गंगाजमुना गाउँपालिकामा १४ हजार ५ सय १७ मध्ये ९ हजार ७ सय ६५, त्रिपुरासुन्दरी गाउँपालिकामा १५ हजार १ सय ५७ मध्ये ११ हजार ३ सय ७५, ज्वालामुखी गाउँपालिकामा १७ हजार २ सय ९७ मध्ये १३ हजार ७६ मत खसेको छ ।

त्यस्तै सिद्धलेक गाउँपालिकामा कुल १५ हजार ६ सय ४४ मतदाता मध्ये ११ हजार ९ सय ९८, बेनिघाट रोराङ गाउँपालिकामा १६ हजार ८ सय ९७ मध्ये १३ हजार ४ सय ७२, गजुरी गाउँपालिकामा १४ हजार १ सय ६९ मध्ये १० हजार ७ सय ४६, गल्छी गाउँपालिकामा १५ हजार ५ सय २८ मध्ये १२ हजार ३ सय ९५, थाक्रे गाउँपालिकामा २० हजार ९ सय ८५ मध्ये १५ हजार ८ सय ४२ मत खसेको सयुक्त निर्वाचन संचालन केन्द्र ९जेईओसी० धादिङले जानकारी दिएको छ ।

धादिङका सबै केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान कार्य सम्पन्न भएको छ । भने सम्बन्धित मतदान केन्द्रबाट मतपेटिका गाउँपालिकाको निर्वाचन कार्यलयसम्म ल्याउने प्रक्रिया सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

रुवीभ्याली गाउँपालिकाको बाहेक अन्य मतदानकेन्द्रहरुको मतपेटिका आइतबार रातीसम्म संकलन भइसक्ने र रुवीभ्यालीको भने सोमबारसम्म संकलन गरिसक्ने कार्यालयले जनाएको छ ।

२०७४ बैशाख ३१ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: