Wed. Jan 22nd, 2025

जसले आफ्नै छोरालाई तीन पटक भोट दिए

somnath-dhungana

शंकर श्रेष्ठ / ३१ बैशाख,  धादिङ –

 

 

कर्ममा विश्वास गर्ने की भाग्यमा, अथवा उमेरमा । एक सय एक वर्षिय शोमनाथ ढुङ्गानाले यस पटक समेत गरी आफ्नै छोरालाई तीन पटक भोट दिए ।

 उनी पूर्व प्रधानपञ्च हुन् । २१ वर्ष प्रधानपञ्च चलाएको अनुभव उनमा छ । गणतान्त्रिक ब्यवस्था अनुसार इतिहाँसमै पहिलो पटक भएको स्थानिय तहको निर्वाचनमा उनले फेरी आफ्नै छोरालाई भोट हालेका छन् ।

 यस अघि २०४७ र २०५४ को निर्वाचनमा उनले छोरालाई नै भोट हालेका थिए । छोरा भीमप्रसाद ढुङ्गानाले गाविस अध्यक्ष जिते पनि । अहिले दुई दशकपछि भएको स्थानीय तहको निर्वाचनमा छोरा फेरी भीमप्रसादलाई नै भोट दिने अवसर पाए । शोमनाथ भन्छन् ‘यस पटक पनि मेरो भोट खेर जाँदैन ।’

 आइतबार सम्पन्न स्थानिय तहको निर्वाचनमा नाति गणेश ढुङ्गानाको सहारा लिएर शोमनाथले छोरालाई भोट दिएका हुन् । यसअघि भएका स्थानिय तहका निर्वाचन र संसदीय निर्वाचनमा कति पटक आफ्नो मत दिए उनलाई एकिन थाहा छैन । तर सबै निर्वाचनमा मतदान गर्न पनि छोडेका छैनन् । एक सय एक वर्षको उमेरमा पनि भोेट हाल्न पाउदा निकै खुसी लागेको उनले बताए ।

 त्यो बेलाको राजाको निरङकुश शासनकाल २१ वर्ष प्रधानपञ्च चलाए । देश परिवर्चतको लागि त्यसपछि सबै निर्वाचनमा भोट हालिरहेका छन् । तर, न देशमा शान्ती छायो, न जनताले परिवर्तनको महशुस गर्न पाए । ‘यो पटक जितेर आउनेहरुले पक्कै देश नयाँ ढंगले अघि बढाउनेछ’ उनले विश्वास सुनाए । प्रधानपन्च बनाउन आफैलाई चुनेकाहरुलाई आफैले भोट हाल्न पाउदा गणतन्त्रको एउटा उपलब्धी भएको उनले सुनाए ।

 पञ्चायती शासन ब्यवस्थामा २१ वर्षसम्म (२०२५–२०४६) प्रधानपञ्च चलाएका शोमनाथले राजाको शासन कालपछि पनि बहुदलीय ब्यवस्थाका निर्वाचनहरुमा मताधिकार प्रयोग गर्दै आएको बताए । आफ्नो छोरालाई जिताउन मतदान केन्द्र पुगेका शोमनाथले खुसी हुँदै भने ‘म पनि अझै राजनीतिक जवानी मै रहेछु जस्तै लाग्यो, एक सय वर्षमा भोट हाल्न पाउने भाग्यमानी नै रहेछु ।’

 शोमनाथको प्रधानपञ्च म्याद सकिए लगत्तै छोरा भीम ढुङगानाले २ पटक सम्म निर्वाचित भएर गाविस अध्यक्ष चलाएका थिए । भीमप्रसाद नेपाली कांग्रेसबाट अहिले फेरी जिल्लामा सबैको चासोको केन्द्र बनेको निलकण्ठ नगरपालिको मेयर पदमा चुनाव लडेका छन् ।

२०७४ बैशाख ३१ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: