Wed. Jul 24th, 2024

जिल्ला स्तरीय मिडियाकप फुटबलमा रेडियो विहानी विजयी

धादिङ । जिल्ला स्तरीय अन्तर मिडियाकप फुटबल प्रतियोगितामा रेडियो विहानीको समूह विजयी भएको छ ।
दिव्य दर्शन टेलिभिजन र रेडियो धादिङलाई पछि पार्दै रेडियो विहानीको समूहले विजय हात पारेको हो । प्रजातन्त्र दिवसको अवसरमा धादिङबेसीमा आयोजित एक दिवसीय प्रतियोगितामा दिव्य दर्शन टेलिभिजनको समूह द्धितीय र रेडियो धादिङको समूह तृतीय भएको छ ।

football
जिल्लामा रहेका पत्रकारहरुबीचमा समझदारी कायम गराउने र खेलकुद प्रति चोसो बृद्धि गराउँदै प्रतिभा उजागर गर्ने उद्देश्यले फुटवल प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा बिजयी टिमहरुलाई क्रमश १० हजार, ७ हजार, ५ हजार नगद सहित प्रमाणपत्रबाट पुरस्कृत गरिएको छ । प्रतियोगिता सर्बाेत्कृष्ठ गोलकर्ता रेडियो विहानीका सुनिल ईटनी नगर १ हजारबाट पुरस्कृत हुनुभएको छ ।
जिल्ला विकास समिति धादिङको सहयोगमा रेडियो विहानीले आयोजना गरेको प्रतियोगिताका नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज छत्कुलीले फुटवल हानेर उद्घाटन गरेका थिए ।  समापन कार्यक्रमकैबीच प्रमुख जिल्ला अधिकारी बासुदेव धिमिरेले रेफ्रि र दुई जना सहायक रेफ्रि सहित सबुज गण धादिङबेसीलाई प्रशंसापत्र प्रदान गरेका छन् । त्यस्तै खेलाडी सहभागी गराउने संचार गृहलाई पनि प्रशंशा पत्र प्रदान गरिएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: