Sun. Sep 8th, 2024

दामन पाख्रिन मार्गको शिलान्यास

७ फागुन, धादिङ । उत्तरी धादिङको तिप्लिङ र धादिङबेसी जोड्ने दामन पाख्रिन मार्गको विहिबार शिलान्यास गरिएको छ ।
उत्तरका पाँच गाउँ विकास समिति जोड्ने एकमात्र विकल्पको रुपमा देखिएको दामनपाख्रिन मार्गको  अर्थमन्त्री रामशरण महतले उद्घाटन गरेका हुन् ।

धादिङको दार्खा गाउ विकास समिति वडा नम्वर १ किन्ताङफेदीमा आयोजित उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले ग्रामीण क्षेत्रको विकासको लागि आफुले सक्दो पहल गर्ने बताए । राजधानीसंग नजिक रहेको जिल्ला भएरपनि धादिङको उत्तरमा अहिलेसम्म सडक संजालले छुन नसकेकोमा चिन्ता व्यक्त गदै महतले आगामी बजेटमा उत्तरी धादिङको विकासको लागि विशेष पहल गर्ने बताए ।

नेपाली काङ्ग्रेसका नेता समेत रहेका मन्त्री महतले उत्तरी क्षेत्रमा रहेका झोलुङगे पुलमा पक्की पुल निर्माण गर्न पहल गर्ने र दार्खाको किन्ताङखोलामा पक्की पुल बनाउनको लागी छिट्टै पहल थाल्ने प्रतिवद्धता व्यक्त गरे ।

दामन पाख्रिन मार्ग उद्घाटन कार्यक्रममा सभाषद दिमान पाख्रिन,  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव कृष्ण सिटौला, स्थानीय विकास अधिकारी रुद्रसिंह तामाङ लगायतको सहभागिता रहेको थियो ।

About The Author

अन्य समाचारहरु: