Sat. May 18th, 2024

बाह्मण समाज धादिङद्धारा २५ जनाको सामुहिक ब्रतबन्ध (फोटो सहित)

सरिता श्रेष्ठ, 
 ११ फागुन, धादिङ

bartabanda 1

धादिङको नीलकण्ठ नगरपालिका –८ मा सामुहिक ब्रतबन्ध कार्यक्रम गरिएको छ । बाह्मण समाज धादिङको आयोजनामा २५ जना बटुहरुको सामुहिक ब्रतबन्ध गरिएको हो । हिन्दु परम्परा अनुसार धार्मिक विधि र बैैदिक कर्मकाण्ड गर्न चाहनेहरुका लागि सामुहिक ब्रतबन्ध कार्यक्रमको आयोजना गरिएको जानकारी गराइएको छ ।

bartabanda 4

सामुहिक ब्रतबन्ध गर्दा धार्मिक संस्कारको जगेर्ना हुने र खर्च पनि कम लाग्ने भएकाले आफ्ना छोराहरुलाई सामुहिक ब्रतबन्धका लागि ल्याइएको नीलकण्ठ नगरपालिका –८ का विना पौडेलको भनाई छ । १८ सय रुपैया मात्र खर्च लाग्ने भएकाले यसरी सामुहिक ब्रतबन्ध गराउने गरेका हुन् ।

सामुहिक ब्रतबन्ध कार्यक्रममा नीलकण्ठ नगरपालिका, नलाङ, सलाङ, खरी, मैदी, ढोला, कुम्पुर, धुवाँकोट लयगायतका गाविसहरुबाट सामुहिक ब्रतबन्धका लागि आएका थिए । ब्रतबन्धका लागि नगरपालिका ८ को कृष्ण मन्दिर परिसरमा मण्डप बनाइएको थियो । ८ वर्षमा ब्रतबन्ध गराउदा साइत हेराउन नपर्ने भएकाले ब्राह्मण र क्षेत्री समुदायका मानिसहरुले आफ्ना छोराहरुलाई सामुहिक ब्रतबन्ध कार्यक्तममा सहभागीता गराइएको स्थानीयको भनाई छ ।

bartabanda 3

गत वर्ष पनि यस समाजले सामुहिक ब्रतबन्ध कार्यक्रमको आयोजना गरेको थियो । यस्ता संस्कृतिहरुलाई बचाउनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइरहने बाह्मण समाज धादिङका अध्यक्ष गंगादत्त तिमिल्सेनाले जानकारी दिए । धार्मिक संस्कार र धर्मको वचावट हुने कारणले गर्दा सामुहिक ब्रतबन्ध गर्ने र गराउने गरेको अध्यक्ष तिमिल्सेनाको भनाई छ ।
bartabanda2

bartabanda 5

bartabanda 6

 

About The Author

Loading...

अन्य समाचारहरु: