Tue. Jan 14th, 2025

जोगिमारामा मनाइयो मजदुर वलिदानी स्मृती दिवस

धादिङ  । धादिङको जोगीमारा गाविसको वडा नम्बर ९ मझिमटारमा सोमबार १४ औं मजदुर वलिदानी स्मृती दिवश मनाइएको छ ।

२०५८ साल फागुन ११ गते धुषाका १७ र जोगीमाराका २ जना गरि १९ जनाको कालिकोट जिल्लाको कोटवाडा विमानस्थल निर्माण गर्दैगर्दा तत्कालीन नेपाली सेनाले आक्रमणमा मारिएकाहरुको सम्झनामा यो दिवश मनाइएको हो ।

अखिल नेपाल ट्रेड युनियन महासंघ जिल्ला समिति धादिङले मझिमटारमा एक कार्यक्रमको आयोजना गरि मृतकका परिवारलाई नगद पाँच/पाँच सय र खादा ओढाएर सम्मान गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्यपुष्पविक्रम मल्ल शहिद, वेपत्ता र घाईतेहरुको सपना साकार गर्न सबै पार्टी एक भएर अघि बढ्नुपर्ने बताउनुभयो । अखिल नेपाल ट्रेड यूनियन धादिङका अध्यक्ष बद्रि सुवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल ट्रेड यूनियन महासंघका केन्द्रि सचिव राजकुमार लामा, लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।

About The Author