Tue. May 21st, 2024

चेपाङलाई लालपुजा

धादिङ । धादिङको महादेवस्थान गाऊँ विकास समिती वडा नंबर २ सिन्थलीका चेपाङहरुलाई आज लालपुर्जा वितरण गरिएको छ ।

सिम्थलीका २४ जना चेपाङहरुलाई आज एक कार्यक्रमका विच लालपुर्जा वितरण गरिएको हो । विक्रम संवत २०४१ सालको बाढी पिडितहरुलाई जिविसको प्रजा विकास कार्यक्रम अन्तर्गत जग्गा किनेर घर बनाईदिएको भएपनि सो घरजग्गाको आर्थिक वर्ष २०६५/०६६ मा मात्रै नापी भएको थियो ।

२०६७ सालमा लालपुर्जा तयार भई जिल्ला विकास समितिको कार्यलयमै थन्किएर बसेको लालपुर्जा आज गाविस सचिव रमेश पौडेलले चेपाङहरुलाई वितरण गर्नुभएको हो । कम्तीमा ५ रोपनीदेखी धेरैमा ११ रोपनीसम्मको जग्गाको लालपुर्जा पाएपछि चेपाङहरुले खुशी व्यक्त गर्दै समयमै सरकारलाई तिरो तिर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: