Fri. Dec 6th, 2024

२२४ नेपाली विद्यार्थी अष्ट्रेलियाबाट फर्किए

Customs-and-Border-Protection-e1424751722153

सिड्नी । अष्ट्रेलियाले पछिल्लो एक वर्षमा २ सय २४ नेपाली विद्यार्थीको भिसा रद्ध गर्दै नेपाल फिर्ता पठाइदिएको छ ।

सस्तो कलेजको खोजी गर्दै पटक(पटक कोर्स परिर्वतन गरेको अभियोगमा त्यहाँको अध्यागमन बिभागले उनीहरुको बिद्यार्थी भिसा खारेज गर्दै नेपाल फिर्ता पठाइदिएको हो ।

आर्थिक बर्ष सन् २०१३-१४ को अबधिमा मात्रै २२४ नेपालीलाई नेपाल फिर्ता पठाइएको अध्यागमन बिभागका प्रवक्ताले जानकारी दिए । यो अबधिमा ६५९ भारतीयलाई यसैगरी फर्काइएको अष्ट्रेलियाबाट प्रकाशित अनलाइन साउथएशिया डटकम डटएयुलाई उनले बताए ।

स्ट्रीमलाइन भिसा प्रोसेसिङ अन्तर्गत अष्ट्रेलिया पुग्ने र त्यहाँ पुगेपछि मान्यताप्राप्त नगरेका सस्ता कलेज र कोर्समा ट्रान्सफर हुने प्रबृत्ति देखिएको छ । यसरी कोर्स र कलेज परिवर्तन गर्नु भिसा कानुनको बिपरित हुने भएकाले उनीहरुको बिद्यार्थी भिसा रद्द गरिएको उनले जानकारी दिए । बिभागले यसलाई ‘कोर्स होपिङ’ प्रबृत्ति भनेको छ ।

अध्यागनको यो रणनीतिबाट अन्य सयौं नेपाली बिद्याार्थी प्रभावित हुने देखिन्छ । खासगरी अष्ट्रेलियामा स्थायी बसोबास अनुमति प्राप्त हुने कोर्सको सूची बदलिइरहने हुनाले बिद्यार्थीले पनि सोहीअनुसार पीआर दिने कोर्समा ट्रान्सफर हुने प्रबृत्ति बढ्दो छ ।

सन् २०१३-१४ मा १० हजार ६ सय ५१ जना नेपाली बिद्यार्थी अध्ययनका लागि अष्ट्रेलिया पुगेको त्यहाँको अध्यागमन बिभागले जनाएको छ ।

भिसा रद्द गर्नुअघि त्यस्ता बिद्यार्थीलाई चेतावनी दिँदै रद्द गर्नु नपर्नाको कारण पेश गर्ने समेत समय दिइएको बिभागले जनाएको छ । कोर्स होपिङ प्रबृत्तिमा नेपाल, भारत, चीन र भियतनामका बिद्यार्थी अगाडि देखिएका छन् ।

अष्ट्रेलियाले सन् २०१२ मा १०५८७ जना र २०१३ मा ८९३० जना बिदेशी बिद्यार्थीलाई बिभिन्न अभियोगमा भिसा रद्द गरी सम्बन्धित मुलुकमा फिर्ता पठाइदिएको थियो । अनलाइनखबरबाट

About The Author

अन्य समाचारहरु: