Sat. Oct 12th, 2024

जीवनको बक्ररेखामा कलाको सिधासिधा प्रवेश !

नवराज लम्साल

Nabaraj Lamsal

कपनको कुइनेटो काटेर गाडी नारायणगोपाल चोक पुग्यो। चोक नपुग्दै आँखाभरि आयो शंखपार्क। त्यसपछि क्रमशः त्यो पार्क, नारायणगोपाल चोकमा उभिएको उनै स्वरसम्राटको सालिक र स्मृतिमा आएका उनका श्रुतिमधुर गीतहरू।

कृष्ण महतले हुइँक्याएको गाडी र ठट्टाठट्टामा उसले उठाएको उसकै अनुभवका विषय। गीतकार भरत बम्जन शंखपार्कलाई नारायण गोपाल चोकसँग जोड्न खोज्दै थिए, त्यहीँ राख्न चाहन्थे उनी सारा कलाकारका सालिक र बनाउन चाहन्थे, त्यहीँ कला संग्रहालय।

तीन दिनअघि बिबिसीमा बजेको कला संग्रहालयको कमजोर स्थिति विषयक रिपोर्टले थिल्थिलिएका थिए उनी। गाडीले बालाजु काट्यो, भत्किएका डरलाग्दा खाल्टा जोगाउँदै।

मधुर बत्तीमा अँध्यारो चिरेर देब्रे किनारा च्याप्दै कुदेको गाडी र त्यसको ठिक्क गति१ गाडी चलाउनु पनि एउटा मीठो काम, एउटा मीठो कलाजस्तो। मूर्त गाडी हाँक्ने अमूर्त शिल्प१

मूर्ति देख्छ मान्छे तर मूर्ति बनाउनुअघि कलाकार मनमा आउने आकृतिको अमूर्त स्वरूपबारे के थाहारु एउटी आमा पेटमै भएको शिशुको आकृति आफ्नै आँखामा हेर्छे, ऐना अघिल्तिर। मुस्कुराउँछे खुसुक्क तर दुनियाँले कुर्नुपर्छ त्यो शिशु जन्मने दिनसम्म। कल्पनु पनि कलारु कला नभए किन मीठो लाग्छ त कल्पनामा साँधेको अनुभूतिको अचाररु

रेडियो नेपालमा घटना र विचार कार्यक्रम सञ्चालन सकेर म घर फर्कँदै थिएँ। यो मेरो रहरको प्रस्तुति थिएन, यो जागिरको जिम्मेवारी र मन्त्रीजीको सदीक्षा थियो सायद। एकजना साथीलाई चाबहिलपारि छाडेर म नैकाप यात्रामा थिएँ। साँझ बाक्लिँदै थियो। साँझमा पनि कला। जूनमा कला। जुनेली कलात्मक, तारा कलात्मक र तिनै ताराका ताराबुट्टे गीत र प्रेमको कविता पनि कलात्मक। रुनुमा पनि कला खोज्छ नेपाली समाज र भन्छ- हेर न रुँदा पनि हाँसेजस्तो।

१० वर्ष लामो गीतिकथा वाचन( ‘सुरसंगम’, पूर्ण साहित्यिक कार्यक्रम मधुवनको १७ वर्ष, २०६२र६३ को आन्दोलनपछि घटना र विचारकै अर्को रूप परिवेशको सञ्चालन र २०५६ पछि लगातार ४ वर्ष रेडियो नेपालको नियमित धार्मिक कार्यक्रमको प्रस्तुति। बिहान कृष्णलीलाको धार्मिक वर्णन, साँझ प्रेमकथाको गीतिमय प्रस्तुति र घटना र विचार तथा परिवेशमा राजनीतिक आरोह(अवरोहको सरसर्ती चिरफार। त्यसो त प्रधानमन्त्रीसँग जनताले सिधाप्रश्न गर्ने कार्यक्रम ‘जनतासँग प्रधानमन्त्री’मा प्रधानमन्त्रीसँगको सिधा संवादको सञ्चालनको अनुभव। के यी कामका लागि काम हुन् कि यीभित्र पनि छन् कलाका केही तन्तुरु त्यसको संयोजनमा के छ र के फरक छ दुनियाँका अरु कर्मशील हातभन्दारु के जागिरका काम वा जिन्दगीका यात्रा अंकगणितकै जस्तो सूत्रमय गणना हो कि ती कर्ममा पनि कला छन्रु

किन फरक छन् नाम, काम र काम गर्ने तरिकाहरूरु श्रोताहरूलाई भक्तराज आचार्यका भजन सुनाउनु र कुनै राजनेता विशेषसँगको अन्तर्वार्ता सुनाउनुबीच अन्तर छ कि छैनरु छ भने त्यो विषयको मात्र अन्तर हो कि केही शिल्प र कलाको पनिरु आफ्नै प्रशस्तिका लागि होइन, मैले सजिलोका लागि मेरै दृष्टान्त दिएँ तर हरेक मान्छे फरक(फरक काम गरिहन्छन् दिनहुँ। र, सबैमा ऊ कर्म गराइको पृथक्‌ता पाउँछ र त्यही पृथक्‌तामा पृथक् हुनुको कला छ। तर, लाग्छ स्वयं कला भनेकोचाहिँ केरु

किन हुन्छन् मान्छेका मनमा अनेक तर्कना र चाहनाका असीमित गुजुल्टारु ती कसिनुमा पनि कला छ, फुस्किँदै जानुमा पनि कला छ। जागिर, व्यवसाय, जिम्मेवारी वा ती सबैभन्दामाथि कर्मको सार छ र यी सबैमा पनि कला छ। हरेक व्यक्ति कुनै न कुनै कर्ममा संलग्न छ नै। प्रत्येक व्यक्ति चाहन्छ लोकप्रियता, सफलता वा देखिने प्राप्ति। भलै साधुसन्त र योगीहरू हुन्, उनीहरू पनि परमार्थ र मोक्षको आशा राख्छन्। अन्तर्तृप्ति र भोलिको प्राप्ति१ प्राप्ति नखोज्नु पनि नखोज्नुको प्राप्ति हो। सीमा हुन्न मनको र आकाशको तर दुवैको मौलिकता, विशेषता र अपेक्षा हो फैलनु। हो, मान्छेमा पनि हुन्छ, त्यही फैलनुको विषय र वस्तुगत सार र  त्यही पूर्तिका क्रममा पनि किसिम हुन्छ, तरिका हुन्छ र भनूँ कर्मको कला हुन्छ। यसैले छुट्याउँछ एउटा मान्छेलाई अरु आम मान्छेबाट।

गाडी पुग्यो स्वयम्भूचोक। भरत र कृष्णराम भरतकै जस्तो मिलनको भावमा छन्। अलिअलि छिल्लिएको जस्तो, अलिअलि यथार्थ सोचेजस्तो। रातको १० बजेको छ, उनीहरूले धेरै मान्छेको चरित्रको कुरा गरे र आफू(आफैँलाई पनि व्यंग्य गर्न छोडेनन्। आज म मौन छु। उनीहरूले भनेकै जस्तो राम्रो पनि छैन दुनियाँ र खराब पनि छैन। सत्यचाहिँ के हो भने दुनियाँ छ, समाज छ र प्रत्येक व्यक्ति र विषय चलायमान छन्। ती सबैका गति, यति र लय फरक छन्। यही पृथक्‌तामा देखिने स्वरूप वा अनुभूत गरिने यथार्थ मलाई लाग्छ( म कलाको कुरा गरिरहेछु।

प्रायस् बेखुसी कुल्चेर खुसी खोज्ने मान्छे हुँ म तर खोजेको सबै खुसी कहाँ भेटिन्छ ररु त्यही खोजी र प्राप्तिलाई पनि पच्छ्याइरहन्छ कलाले। आखिरमा कला भनेकै चाहिँ के हो तरु बिबिसी नेपाली सेवाले आफ्नो नियमित प्रसारणमा भन्यो( हाम्रा कला संवाददाता नवराज लम्साल।

उसलाई किन चाहियो कला र कलाकै संवाददातारु तर यसैको पनि आफ्नै विषय, सीमा र प्रस्तुति छन् र हुनुपर्छ। मलाई मेरा मित्र जीतेन्द्र राउतले भनेको एउटा कुरा सधैँ याद आउँछ। उनी भन्छन्( अरुभन्दा फरक भएनन् तपाईँका रिपोर्टहरू भने तपाईं तपाईं हुनुको के अर्थरु बिबिसीमा राम्रो रिपोर्ट बजोस् भनेर मात्र त्यसो भनिएको होइन सायद। लन्डनमा गोरा छालासँग पत्रकारिता गरेर नेपाल फर्केका राउत कर्ममा कला खोज्न मलाई प्रेरित गरिहेछन् जस्तो लाग्छ। नेपालगञ्जका नेत्र केसीको गुनासो रहन्छ( चारैतिर हात नहाल, आखिर परिचय के भन्ने संकट हुन सक्छ।

परिचयको खोजी विषयसँग गाँसिएको सन्दर्भ र त्यसलाई चुल्याउने शिल्पमा उभिएको हुने रहेछ। यसलाई मैले कला भन्न किन नपाउनेरु

एकजना युवा कलाकार नवीन सुवेदी इटहरी बस्छन्। उनी नयाँ पुराना पुस्ताका केही चर्चित अनुहारहरूको प्रतिकृति बनाइरहेछन्। झण्डै ८० वर्षको विदुर जीवन बिताइरहेका लक्ष्मी जोशी ‘रिटिङ रिटिङ नबजाऊ बिनायो, बिनायोले मन मेरो छिनायो’ भनिरहेछन् झापामा। इलामको लारुम्वा वा झापाको अर्जुनधारामा फरक छ, पूजाको किसिम। सोलुमा हिमाल चढ्दै होलान् कति तर तिनको लवाइ, हिँडाइ र हिउँसँगको साक्षात्कारमा हुने अनुभूतिको किसिम र मात्रा फरक छ। त्यहीँ नाचिने स्याब्रु र जनकपुरको झिझियामा फरक छ। उही नाच, उस्तै नचाइ, उस्तैउस्तै वेशभूषा तर किन कसैको नृत्य प्रिय र आकर्षक लाग्छ र कसैको ठिकैठिकैरु लुरे खुट्टाले हल्का हानेर डालीमा वेग मार्ने चराको किसिम र हिलोमा भ्यातभ्यात हिँड्ने हाँस तर बुरुक्क उफ्रने बाख्रापाठा र जुरो हल्लाउँदै सिङारी खेल्ने बलशाली गोरु। किन राम्रा लाग्छन्, सबै कर्म र कर्मको क्रममा के छ र केले दिन्छ त्यो निरन्तरतारु क्रमभंग वा सबैले शैली फेरे भने के हुन्छरु नगाउने कोइली र ननाच्ने मयुर, ताप नदिने घाम र उखर्माउलो जूनको त कल्पना हुँदैन त१ तर ती सबै मन पर्नुको पछाडि सबैसँग कला गाँसिएको छ र त मन पर्छ।

नाच्दै गरेको एक नर्तकले ताल बिर्से के हुन्छरु गायकको सुर फुस्कियो भने के हुन्छरु उत्तर सजिलो छ – कला मर्छ। यी सबैमा के छ, यिनले किन तान्छन् मान्छेलाई र किन तानिन्छन् मान्छेरु यही आकर्षणको अमूर्ततालाई कला भन्ने हो भने कलाकै कला तत्त्व के होरु के छ कलामा र किन तान्छ सबै खाले कलालेरु न केवल प्रस्तरकला, मूर्तिकला, वास्तुकला, धातुकला वा गीतसंगीत र साहित्य सिर्जनाले। सबै र यी सबैसबैले।

सुरसंगम पढ्दा कमाएका साथी अझै भेटिन्छन् र प्रेमले भन्छन्( त्यो पढाइ कलात्मक थियो। मधुवनको प्रस्तुति वा आज तेस्रो अंक प्रसारण भएको घटना र विचार तर यी कार्यक्रममा प्रयोग हुने सामग्रीको सम्मिश्रण र स्वयं रेकर्डिङ पक्ष। हरिप्रसाद रिमालले निर्देशन गरेका नाटक र मदनदास श्रेष्ठका नाटकमा के कति फरक छन्रु भुवन केसी  र राजेश हमालको अभिनयमा, निरुता सिंह र करिष्मा मानन्धरको फिल्मी नृत्यमा के फरक छ। फरक छ भने के कारणलेरु सधैँ जोडी भएर पनि मह जोडीकै म र हमा अलिकता फरक त होला नै। किन हुन्छ फरक, किन छ फरकरु लाखौँ उस्तै साइकल र उस्तै साँचो तर किन मिल्दैन एउटा अर्कोसँगरु अरबौँ मान्छे किन फरक छ अनुहार र किन फरक लाग्छ लेखकैपिच्छे लेखनको शैलीशिल्परु किन देवकोटाजस्ता सम छैनन् र लेखनाथभन्दा फरक छन् राष्ट्रकवि घिमिरेरु केले बनाउँछ फरक र के हो परिचयको आधाररु किन फरक लाग्छन्, महेन्द्र र बिपीरु किन फरक छन्, एकै एकै मार्क्सवादी दर्शनमा उठेका मदन भण्डारी र प्रचण्डरु माधवीका मदनमणि, शाकुन्तलका देवकोटा र प्रेमपिण्डका सम किन फरक छन्रु

गाडी रोकियो नैकाप चोक। गाडी चढेको प्रमाण दिन लगबुकमा सही गरिदिएँ। तत्काल कृष्णले भन्यो( नवराज सरको सही गजब छ। गजबको अर्थ जे होला तर उसले भेट्यो फरकपन हस्ताक्षरमा। लेख्नु, धर्का तान्नु वा कुनै कुराको संयोजन पनि कला हो। अँध्यारो बाटो, लोडसेडिङ हुँदै गर्दाको डर लाग्दो सन्नाटा, घरको मूलद्वार खोलेर प्रवेश गर्दै गर्दा मोबाइलमा रिङटोन बज्यो, कति सुमधुर कति सुललितरु वरिष्ठ पत्रकार तथा शिक्षासेवी हरिविनोद अधिकारीको आवाज। उहाँसँगको लामो संवादमा एउटा मिठास र कुराको सिलसिला, होइन के छ कुरा गराइमा र मिठो लागिरहन्छ सुन्नरु

एकदिन रेडियो नेपालका केही साथी र सन्दर्भसँग विरक्त भएर राजीनामा लेख्न सेतो कागज टेवुलमाथि राखेर उदास भएर बसेको थिएँ। एकातिर रेडियो नेपालप्रतिको मोह, अर्कोतिर त्यो क्षणको चरम विरक्ति। कसैसँग सल्लाह नगरी राजीनामा लेखूँ कि नलेखूँरु दोधारमा थिएँ। अफिसको टेबुल, टेबुलमाथि सेतो कागज र त्यसैमाथि सुतिरहेको कलम। आँखाभरि आँसु, क्षतविक्षत मन तर रेडियोप्रतिको मोह, किन भत्कियो मनरु जीवनका सबै कुरा भन्नैपर्छ भन्ने पनि छैन। त्यहीँको जागिरले २० वर्षको नूनपानी चलेपछि त्यहीँको कुरा काटेर किन कृतघ्न हुनुरु कति भन्ने कति नभन्ने त्यो पनि एउटा सीमा हो। तौलनु पनि कला हो। ठीक त्यही बेला त्यहीँ आइपुग्नु भएका हरिविनोद दाइले भन्नुभयो( शिशिरमा जरा बाँचे मात्रै वसन्तमा फुल्ने हो, पढेकै छौ नि प्रह्लाद नाटक। ए भाइ मलाई खाजा खुवाऊ न। अलि पर जाऔँ र दूध र रोटी खाऔँ मज्जाले, बुझ्यौरु

त्यो खाजा भोकका लागि थिएन। मलाई अल्मल्याउन थियो, छल्न थियो र राजीनामा गर्ने मेरो तातो रिसलाई अन्यत्रैतिर मोड्न थियो। राजीनामा गर्थेँ गर्दैनथेँ, त्यो आँट आउँथ्यो आउँदैनथ्यो, उम्केको माछा ठूलो नपारूँ, तर उहाँले सजिलो किसिमले टार्नुभयो। के कुनै समस्याको निकासमा पनि कुनै न कुनै कला हुन्छरु त्यसैले होला कुनै संवाद र वार्ताहरु निष्कर्षमा पुग्ने र कुनै नपुग्ने।

बिहान बेसरी परेको पानी र वैशाखे जाडो छल्न लगाएको कोट किलामा राखेपछि टिभीमा छोरी आरतीले हेडलाइन् पढी समाचारको। प्रत्येक वाक्यको अन्त्यमा सुनिने मिठास र छोटा वाक्यमा सूचना प्रवाह। बोली, समाचार संयोजन, देखिने दृष्य, ध्वनि, प्रकाश तथा ती सबैको संयोजन किन कहिले सुन्दर लाग्छ कहिले लाग्दैनरु कसैको हातले राम्रो संयोजन हुनु र कसैको हातले नहुनुमा कारण के छरु के त्यो शिल्प भनेकै कला हो तरु

हिजै राति १ बजेतिर नेपाल पत्रकार महासंघको चुनावमा मतदान गरिसकेपछि नेपाल प्रज्ञाप्रतिष्ठानको प्रांगणमा मृदुमुस्कानमा भेटिएका मेरा मित्र अशोक सिलवालले भने तपार्इँको भन्दा तपार्इँकी छोरीको प्रस्तुति कलापूर्ण लाग्न थाल्यो। अलिअलि डाहा लाग्यो मलाई। छि के सोचेकोरु आफैँ लज्जित भएँ आफैँसँग र आफैँ हासेँ फिस्स। अलिअलि लाज लाग्यो आफैँसँग।  अशोकजीले थप्नुभो( थाहा छ किन त्यसो भनेकोरु केही दिन आरतीलाई मैले गोल्डेन गेट कलेजमा पढाएको छु, छोटै समयको भए पनि गुरु भएको छु उसको, त्यसैले।

के अपनत्व र स्वार्थमा पनि कला हुन्छरु के निकटता र दूरतामा पनि कलाको प्रभाव रहन्छरु यो पुस्तान्तरको प्रभाव, नयाँ पुस्ताप्रति दर्शाएको माया र स्नेहभाव हो तर स्नेह र मायामा कला हुन्छ कि हुन्नरु स्नेह, आशीर्वाद वा समभावमा कला हुन्छ कि हुन्न। यी त भए(भए, मलाई लाग्छ( घृणामा पनि कला हुन्छ। कसैलाई रिस गर्दा, घृणा गर्दा वा कसैका विरुद्ध अभिव्यक्ति दिँदा पनि शैलीमा कति दम छरु विषयमा कति स्पष्टता छ र स्वयंमा कति शालीनता छरु त्यही हो कला र कलाको तागत। गाली शिरोमणि नै भने पनि खगेन्द्र संग्रौलाको जस्तो भाषामा पकड र दम उनलाई गाली गर्नेहरूको छैन। कतिपय विषयमा विमति मेरो पनि छ र रहिरहन्छ तर उनको भाषा जिउँदो लाग्छ। उही नेपाली भाषा र उत्तिकै अक्षर तर किन मान्छेपिच्छे फरक लाग्छन् तिनका प्रयोगरु फरक छ र त फरक हुनुको मज्जा पनि छ।

धेरैपछि छोरा आयुषले खाना बनाएछ आज। छोरा भान्छामा पुग्नुमा पनि पारिवारिक कारण हुन्छ र छ तर छोरी नआउन्जेल भान्सामा गइनँ। सपरिवारसँगै खानुको मज्जै अर्को। छोरीलाई आफैँले खोलिदिएँ मूल गेट।

भान्सामा छोरीले भनी( खुर्सानीको चाहिँ अचार मीठो।

सिसीको बिर्को लगाउँदै उसले थपी( भाइ पनि सीपालु भैसक्यो खाना बनाउन।

भाइ पनि लामो कपाल पन्छाउँदै मुसुक्क हाँस्यो। मलाई लाग्यो, अचार बनाउनुमा कला, टिप्पणी गर्नुमा कला र हाँस्नुमै पनि कला।

‘तिमीहरू पोखरा जाने कहिलेरु’ दिदीको प्रश्नमा भाइले थप्यो( बिहिबार।

कति जनारु

करिब ४४ जना।

तँलाई दुइटा पाइन्ट किन्दिन्छु।

दिदीभाइ हात मिलाए।

मैले थपेँ( पैसा मैले दिने होला होइन त छोरीरु

पर्‍या छैन, मेरो भाइलाई मै किन्दिन्छु। बाबा, बरु मेरो स्कुटीमा तेलचाहिँ तपाईँ हाल्दिनु है।

आमा चाहिँ खिस्स हाँसी।

गृहस्थीको यो संयोजन कला हो कि होइनरु कला खण्डित भएको दिन घरगृहस्थी पनि टुट्छ। कला भनेको भिन्चीको मोनालिसा मात्र होइन, वाङ्देल वा अरनिकोको शिल्प मात्र होइन। व्यक्तिको उपस्थितिमा उसको कला सँगै उभिन्छ। मात्र फरक हुन्छ र ऊ आफैँले आफैँलाई चिन्छ चिन्दैन, फरक यत्ति।

साग पकाउन, अचार साँध्न, खाना बनाउन, लुगा सिउन, पट्याउन, कोठा सफा गर्न, घरको शृंगार गर्न, आफूले आफैँलाई व्यवस्थापन गर्न, छिमेकीसँग व्यवहार गर्न, कार्यालय सञ्चालन गर्न वा देश हाँक्न। सबैतिर कुशल संयोजनशिल्पको आवश्यकता छ। त्यो शिल्प कला हो र कलाले दिन्छ सफलता असफलताको आधारभूमि।

मान्छे आफैँ पनि त भगवान् वा प्रकृतिको सुन्दरतम कला हो। कहिलेकाहीँ आफूलाई बिर्सेर आफैँलाई खोज्दै हिँड्छ मान्छे र पो ऊ कलाहीन हुन्छ त। कला र त्यसको पहिचान गर्नुअघि आफैँलाई पहिचान गर्न पाए पो१ तर त्यही पहिचानलाई पहिचान दिन पनि ज्ञान र व्यवहारमा कला चाहिन्छ।

बिस्तारै निदाउँदै छ काठमाण्डू। तर, थानकोटतिरबाट हर्न बजाउँदै आएका गाडी, तिनको गति र बत्तीले झल्याकझिलिक पारेकै छ रातको परिवेशलाई। धर्तीको यो क्रम राम्रो कि आकाशको खुर्पे जून राम्रोरु उभिने रुखजस्तो, हाँस्ने चन्द्रमाजस्तो वा कृष्ण महतले हाँकेको गाडी र भरत बमजनले गरेको ठट्टाजस्तो अथवा मैले लेखेका यी हरफजस्तोरु यी कर्म हुन् र यिनको राम्रो(नराम्रोको परिभाषा कलामा निर्भर गर्छ। राम्रोको खोजी र कलाको परिमार्जन कहिल्यै टुंगिन्न तर यात्रा जारी रहनु जिउँदो हुनुको प्रमाण हो। जीवन जिउने किसिम कला हो र हाम्रा हरेक कर्म त्यही कलाको विस्तार र परिमार्जन।

नदी बगेपछि सङ्लिँदै जान्छ र कला जीवन भेग्दै गएपछि बाक्लिँदै जान्छ। जति सुकै बक्ररेखा होस् जीवनको सबैतिर कला छ र कलाको पूर्णता प्रेमको उपल्लो उपासना पनि हो। मुख्य कुरा त उपासना गर्नुअघि भक्तको मन पनि कञ्चन हुनु जरुरी छ।
सेतोपाटीबाट साभार

About The Author

अन्य समाचारहरु: