Mon. Apr 29th, 2024

धादिङमा ट्रक दुर्घटना, १ जनाको मृत्यु, ३ घाईते


२६ भदौ,  धादिङ –

पृथ्वी राजमार्ग अन्र्तगत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ चारधारेमा आइचर ट्रक दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा धादिङको ज्वालामुखी गाउँपालिका वडा नंं ७ निबासी ३० वर्षीय खेमबहादुर छत्कुलीको उपचारका क्रममा मृत्यु भएको छ ।

काठमाडौँबाट चितवन जाँदै गरेको ग १ ४९६४ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालकसहित ३ जना घाईते भएका छन् ।दुर्घटनामा ट्रकका चालक प्रदीप थपलिया सहित यात्रुहरु ज्ञानेन्द्र छत्कुली, र सुजन कँडेल घाइते भएको  प्रहरीले जानकारी दिएको छ ।

 

घाईतेहरुको राजमार्ग सामुदायीक अस्पताल मलेखुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ ।

२०७४ भदौ २६ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: