Fri. Mar 29th, 2024

अब पालो तेस्रो पुस्ता राजनीतिको


सुरेन्द्र पाण्डे  –

मुलुक नयाँ अवस्थामा पुगेको छ । यसर्थ नयाँ अवस्थामा अब तेस्रो पुस्ता पार्टी बनाउनुपर्छ भनेर मैले भन्ने गरेको छ । हिजो फरक अवस्था थियो । राणा र पञ्चायत ढाल्ने बेलासम्म हामीले वर्गीय राजनीति गरेका थियौँ । त्यतिबेला पहिलो पुस्ता पार्टी थियो । जुलुसमा जाने, जेल जाने, उस्तै परेदेखि मर्न तयार हुने । कुटाई खाने, सम्पछि त्याग्ने र सबैकुरा त्याग्न तयार हुने मानिसहरु मात्रै पार्टीको बफादार मानिस हुन्थे । त्यो पीढिले परिवर्तन ग¥यो । त्यो पुस्तालाई सम्मान र सलाम पनि छ ।

२०४६ सालमा परिवर्तन भएपछि पहिलो पिंढी पुस्ताको औचित्य सकियो । हामीले दोस्रो पुस्ताको पार्टी त्यहाँबाट सुरु ग¥यौं । त्यो दोस्रो पुस्ता पार्टी भनेको समानुपातिक र समावेशिताको लागि थियो । वर्ग र समुदायको अधिकारको कुरा गर्दै हामीले महिला, दलित, जनजाति, क्षेत्र आदिलाई यति सिट भन्दै पार्टी बनाउन थाल्यौं । त्यसभन्दा अगाडि हाम्रा पार्टीहरु वर्गीय पार्टी थिए । पार्टीमा पनि महिलाको यति प्रतिशत पार्टी भन्ने हुन्छ ? लड्नको लागि यति प्रतिशत महिला, यति प्रतिशत जनजाति भन्ने हुन्थ्यो र ? हिजो पार्टीमा कसैले भाग नै माग्दैनथ्यो । लड्नको लागि कसले भाग माग्थ्यो ? यसर्थ, दोस्रो प’स्ताले समावेशी पार्टी बनाउन थाल्यो ।

यसरी पूरा भयो दोस्रो पुस्ता पार्टीको अभिभारा
अब ०७२ सालको संविधान आएपछि समावेशी पार्टीको कुरा पनि पूरा भयो । कसरी पूरा भयो ? महिला राष्ट्रपति भए पूरुष उपराष्ट्रपति हुने । पूरुष सभामुख भए महिला उपसभामुख हुने या त्यसको उल्टो हुने । केन्द्रमा सांसद एक तिहाई महिला हुने । खुल्लामा महिलाले हार्दा समानुपातिकबाट भने पनि पूरा गर्नुपर्ने । प्रदेशमा पनि त्यही व्यवस्था छ । गाउँ र नगरपालिकामा ४० प्रतिशत महिला हुने । प्रमुख र उपप्रमुखमध्ये एकजना महिला हुनैपर्ने । यो सबै भएपछि अब मलाई महिला अधिकार भएन भन्ने दिन छ ? अब हाम्रा महिलाहरुले ‘मलाई अधिकार छैन भोट हाल्नुहोस’ भनेर भोट मागे भने किन भोट हाल्ने ? नहाले हुन्छ । अब त के भन्नुप¥यो भने मसँग अधिकार छ । संविधान र कानुनले दिएको छ । म यी यी कुरा पूरा गर्न सक्छु । म यो क्षमता राख्छु । त्यसकारण भोट देउ भन्नुप¥यो ।

मैले यही कुरा अर्थात् महिला र पुरुषमध्ये एकजना राष्ट्रपति हुने प्रावधान छ भन्दा ‘एकजना महिला राष्ट्रपति हुँँदैमा हुन्छ ?’ भनेर कतिपयले प्रश्न गरे केही ठाउँमा महिला भेलामा जाँदा । मैले भनेँ– के नेपालका सबै लोग्ने मानिसहरु राष्ट्रपति हुन्छन् ? कहिल्यै हुँदैनन् । न महिला सबै राष्ट्रपति हुन सक्छन् न पुरुष सबै । संविधानले बराबरीको सिद्धान्त मानिसकेको छ । त्यसैगरी केन्द्रीय र प्रदेशको संसदमा जातिय आधारमा पनि बराबरी हुने भनेर संविधानले नै तोकिदिएको छ । यो भनेको नेपालको क्षत्री बाहुन ३१.२३ प्रतिशत । यो भनेको प्रदेश र केन्द्रको समानुपातिकबाट यति नै प्रतिशत पाउने । थारु ६.६ प्रतिशत छन् भने त्यति नै प्रतिशत थारुले पाउने । मुस्लिमले ४.४ प्रतिशत पाउने ।. दलितले १३.३ पाउने । मधेसीले २३ प्रतिशत पाउने । जनजातिले २९ प्रतिशत पाउने । यसरी नेपालको जनसंख्यामा आफ्नो जातीय उपस्थितिको आधारमा सिट पाउने भनेपछि अब उसले कहीँ बोल्ने ठाउँ छ मलाई हेप्यो भनेर ?

अब जागिरमा जाउँ । त्यहाँ पनि के बनाइदियो भन्दा क्षत्री बाहुनलाई ५५ प्रतिशत ढोका खुल्ला । अरुलाई सबै प्रतिशत ढोका खुल्ला । आरक्षणमा क्षेत्री बाहुनले हाल्नै पाउँदैन । जसको लागि आरक्षणको व्यवस्था गरेको, उसैले निवेदन हाल्ने हो । खुलामा सबैले हाल्ने हो । अब खुलामा अरुले पनि पास ग¥यो भने क्षत्री बाहुनको सहभागिता घट्दै जान्छ कि जाँदैन ? अबको २०–३० वर्षपछि के हुन्छ होला ? क्षत्री बाहुन खोज्नुपर्ने दिन आउँछ कि आउँदैन होला ? त्यो पनि आउला ।

त्यस्तै महिलाको हकमा पनि हुन्छ । केही समय अगाडि महिला अधिकृतहरुको एउटा टोली चाइना गएछ । बेइजिङमा गएर उनीहरुले यहाँ महिला आरक्षण छ कि छैन भनेर सोधेछन् । त्यहाँका महिलाहरुले बुझेनन् के भनेको हो आरक्षण भनेको । नेपाली टोलीले हाम्रो देशमा यस्तो यस्तो व्यवस्था छ, त्यसलाई आरक्षण छ भनेर व्याख्या गरेछन् । चाइनिजहरुले भनेछन्, यहाँ त ७० प्रतिशतभन्दा बढी महिलाहरु छन्, यहाँ त लोग्ने मान्छेहरु रोएर बसेका छन् । नेपालमा पनि कुनै समय त्यस्तो नआउला भन्न सकिन्न । परिस्थिति त्यतातिर जाँदैछ

अब अध्ययनको कुरा गरौं । डाक्टर, इन्जिनियर, पाइलट, नर्स, भेटेनरी, फरेस्ट्री लगायतका विषयहरु पढ्नुप¥यो भने यही व्यवस्था छ । क्षत्री बाहुन पुरुषलाई ५५ प्रतिशत र अरुलाई सबै प्रतिशत । यतातिर पनि क्षत्री बाहुन घट्ने भए ।. यसको अर्थ, अब हिजोको कुरा गर्ने होइन । संविधानले नयाँ बाटो लिइसक्यो । यसर्थ, अब समावेशी भन्ने कुराको पनि अन्त्य भइसक्यो । यसलाई त कानुन र संविधानले टुगो गरिसक्यो । यसको लागि अब लड्नुपर्दैन । दोस्रो पुस्ता पार्टी पनि अब हामीले बनायौं । अब हामीले तेस्रो पुस्ता पार्टी बनाउनुपर्छ ।

के हो तेस्रो पुस्ता पार्टी ?
अब ‘मैले अधिकार पाइन, मलाई भोट देउ, मैले दुख पाएँ, मलाई भोट देऊ’ भन्ने होइन . द’ःख पाउने कति छन् कति छन् । मैले धेरै ठाउँमा पार्टीका कार्यकर्ताहरुलाई भन्ने गरेको छ’– द’ःख पाउनेलाई उद्धार गर्न भोट हाल्न सक्ने हो भने दुख पाउनेहरु कहिले सकिन्छन् ? एउटालाई भोट हाल्यो पाँच वर्ष जान्छ । २० जोडीलाई भोट हाल्यो भने सय वर्ष । एउटै गाउँमा २०० जोडी हुन्छन् । यसरी भोट हाल्दा त हजार वर्ष बित्छ । हजार वर्षमा पनि पालो पुग्दैन । न मान्छे हजार वर्ष बाँच्न सक्छ । अनि दुख पाउनेहरुको पालो कहिले आउँछ ?

यसर्थ, अब दुख पाएको हुनाले भोट हाल्ने होइन । म मेरो गाउँलाई पाँच वर्षमो यो ठाउँमा पु¥याउँछ । १० वर्षमा मेरो नेपाल यहाँ पु¥याउँछु भनेर भोट माग्नुपर्छ । त्यो पु¥याउन नसक्नेलाई भोट हाल्नुहुँदैन । त्यसहिसाबले अबको पार्टी बनाउनुपर्छ । पार्टीमा लाग्नेहरुको योग्यता पनि त्यसरी निर्धारण गरिनुपर्छ । चाइनामा पनि कुनै बेला हाम्रो जस्तै जेलका कुरा, त्यागका कुरा हुन्थ्यो । अमेरिकामा पनि स्वतन्त्रता संग्राम भएको थियो । अढाई सय अगाडि भएको ती स्वतन्त्रता संग्राममा सहभागी मानिस अहिले बाँचेका छन् ? बाँच्दैनन् .। नेपालमा पनि पञ्चायतविरुद्ध र बहुदलका लागि लडेका मानिसहरु सधैं बाँचिरहन्छन् ? अबको पचास वर्षपछि ती मानिसहरु खोजेर भेटिन्छन् ? तर, पार्टीहरु त रहन्छन् होला नि ? त्यतिबेला पार्टीहरु के आधारमा चल्लान् ? जेल गएको आधारमा पार्टी बनाउने हो भनेर चल्ला ? जो जेल गएका थिए, ती मानिसहरु नै बाँचेका हुँदैनन् । भूमिगत भएको आधारमा पार्टी बनाउने हो भनेदेखि पार्टी बन्ला ? कांग्रेस, एमाले, माओवादी भनेका सबै पार्टीहरु कोल्याप्स हुनुप¥यो कि परेन । त्यो भएर जेल गएको आधारमा पार्टी बन्दैन ।

अब राजनीति केका लागि ?
त्यसो भए, अब पार्टी बनाउने के को लागि ? राणा ढाल्नलाई आन्दोलन गर्ने हो ? म पञ्चायतविरोधी आन्दोलनमा लाग्दा पञ्चायत र राजा ढाल्नुछ भनेर लागेँ । अब के ढाल्नुपर्छ ? के ढाल्न लाग्ने ? अब गरिबी ढाल्ने हो । त्यसो भए अब जुलुस गरेर गरिबी ढल्दैन । पञ्चायत ढाल्न, राजा ढाल्न चाहिँ जुलुस गर्नुपथ्र्यो । किनभने एउटा व्यक्ति लागेर व्यवस्था परिवर्तन हुँदैन । अब गरिबी ढाल्न पनि सबैले काम गर्नुपर्छ । सबैले काम नगरीकन देश परिवर्तन ह’ँदैन । यसर्थ, अब बाटो परिवर्तन भयो । यो कुरालाई सञ्चारमाध्यमले पनि शिक्षित गराउनुपर्छ । मिडियो एउटा महत्वपूर्ण पाठशाला हो । यसले मानिसहरुलाई अब बाटो यता हो है भनेर बाटो देखाउन सक्छ कि सक्दैन ?
अहिले पनि हाम्रा समाचारका आधारहरु परम्परागत छन् । राजनीतिक क्षेत्रका मुद्दा मात्रै हाम्रा समाचारका विषय बन्छन् । आर्थिक क्षेत्रका मुद्दाहरुलाई हामीले समाचार बनाउन जानेकै छैनौं । कुनै सामान्य मानिसले पनि राम्रो काम ग¥यो भने उसलाई ल्याएर सम्मान गर्दै मुख्य समाचार बनाए हुँदैन मिडियाले ?

कुराले सबै नेपालीलाई पिएचडी
म नेपाल अब धनी भयो भनेर आधारभूत रुपरेखा तयार भएको हेर्न चाहन्छु । अबको नेपाल यता जानुपर्छ । अबका नीति निर्माताहरुले यसमा काम गर्नुपर्छ । यसो गर्न सके मात्र हामीले समाजलाई सही ट्रयाकमा लैजान सक्छौं । यसमा सबैभन्दा हाम्रो समस्या भनेको सीप नसिकेका मानिसहरु नै हुन् जस्तो महिलाहरुले भन्छन, हामीलाई युगौंयुगदेखि दास बनाइएको छ । भातभान्छामा सिमित गरेको छ । मैले पनि कतिपय ठाउँमा महिलाहरुलाई सोध्छु– तपाईंहरुले के के बनाउन जान्नुभाछ ? कन्टिनेन्टल फुड बनाउन आउँछ ? आउँदैन । जापानीज फुड बनाउन आउँछ ? आउँदैन । चाइनिज आउँछ या नेपालका कति किसिमका खाना बनाउन आउँछ ? केही पनि थाहा छैन ।

हरेक दिन खाना पकाउँदा यसो भुटन बसाल्यो, यसो केही फुरायो, झोल छप्लक्क हाल्यो । खाने सधैं त्यही हजुरआमाले पनि त्यही गर्नुभयो । हामीले पनि त्यही ग¥यो अर्कोले नि त्यही ग¥यो आधुनिकता केही पनि छैन । रेस्टुरेन्ट खोलेर गुजारा गर्न सक्नुहुन्छ भनेर सोध्यो भने कसैले हात उठाउन सक्नुहुन्छ ? हामीले आफूले लगाउने कपडामा आइरन लगाउन पनि आउँदैन । यसरी, सबैभन्दा सीपविहिन मानिसहरु हामी छौं ।

कुरा त हामीले सबै जानेका छौं । संसारकै राष्ट्रपति ह’न सक्छौं कुराले त । कुरा गर्ने क्षमताको आधारमा त सबैलाई पिएचडी दिए हुन्छ नेपालीलाई । तर सीपको हिसाबले हामी यतिधेरै असक्षम छौं । यो असक्षमतालाई परिवर्तन नगर्ने हो भने हामीले देश परिवर्तन गर्न सक्दैनौं । किन राम्रो नभइकन कसैले छान्छ छान्दै छान्दैन । यसर्थ, सीप सिकाउन अब हामीले नागरिकलाई तालिम दिनुपर्छ ।

मारबाडी र मिनबहादुर
मारबाडीहरुको मैले इतिहास पढेँ । उनीहरु राजेस्थानमा खान नपाएर बसाईं सरेका रहेछन् । मरुभूमिमा पानी हाल्यो केही पनि फल्दैन । फल्ने भनेको बदाम, खजुर आदि मात्र । त्यो मात्रै खाएर गुजारा गर्ने कुरा पनि आएन । भात खानुप¥यो, रोटी खानुप¥यो । उनीहरु बसाईं सरेर व्यवसाय गर्न थाले । हाम्रो गाउँघरतिर गाउँबेसी भन्ने हुन्छ । बिहान बेसी झर्यो, दिनभरी काम ग¥यो । बेलुका डाँडामा उक्लेर खायो । बिहान फेरि बेसी झर्यो । खेतको बीचमा घर बनाउँछु र दूधभात खाएर बस्छु भन्ने भन्दा बाहेक कुनै सोच छैन । खेतीको सट्टा खेती नै सोच्यो, व्यापार सोचेन ।

अब तपाईहरुले भन्नुहोला, पैसा भए त म पनि व्यापार गर्नेथिए । मैले देखेको छु, मारवाडीहरुले पैसा नभए पनि व्यापार गर्छन् । स्रोत महत्वपूर्ण कुरा होइन, सोच महत्वपूर्ण कुरा हो । मेरा एकजना मित्र अथवा भाटभटेनीका मालिक मिनबहादुर गुरुङ । कुनै बेला उनी मसँगै नेपाल बैंकमा काम गर्थे । उनले भनेको म सधैं सम्झन्छु । मास्टर पढ्दैथिएँ । हामी त्यतिबेला ‘जान्न म त भर्ती हुन मलाया छाउनीमा, पापी म¥योे कुहिरेको देशैमा’ भनेर गीत गाउँथ्यौं । विदेश जानु हुँदैन नेपालमै बस्नुपर्छ, लड्नुपर्छ । पञ्चायत ढाल्नुपर्छ भनेर गीत गाउने । तिमी त गएनौ साथी, गुरुङकोे छोरो भएर । राम्रो ग¥यौ । धन्यवाद छ भन्थ्यौं हामी । उनले भन्थे– के गर्नु ? राम्री केटी बिहे गर्न पाइन्न । राम्री जति लाहुरेले लैजान्छ । छाडेको पाउने हो भन्थे । किनभने केटीका बाबुहुको सोचाई लाहुरेले मात्रै पाल्छ भन्ने थियो । किनकी पैसा उहीसँग छ, यी देशमा बस्नेहरुसँग दुई पैसा छैन, यिनलाई के केटी दिनु भन्थे । हाम्रो गुरुङ समाजमा यस्तो हुन्छ भन्थे उनले ।

म भूमिगत भएपछि उनले बिहे गरे । ‘सर जागिर खोजिदिनुप¥यो श्रीमतीलाई’ भन्थे । जागिरले के हुन्छ र ? तिमीले पनि के नै गर्न सकेका छौ र जागिर खाएर ? बरु एउटा पसल गर्दा हुन्छ भनेर मैले भनेँ । उनले भाटभटेनीबाट एउटा पसल सुरु गरे । सानो चुरोट, चक्लेट आदि बेच्ने पसलबाट । गएको जनवरी एकमा त्यही काम गर्ने एकजना चितवनका कामदारले भने कि नयाँ वर्षको दिन भाटभटेनीमा १४ करोडको व्यापार भयो भनेर सुनाउँदै थिए । एक दिनको सेल्स यति छ । तर, उसँगै नेपाल बैंकमा काम गरेकाहरु ५०० रुपैयाँ तलब बढाउन जुलुस गरेका गर्यौ छन् । उनीहरु नै भन्छन्– म त भयंकर क्रान्तिकारी । म राष्ट्रवादी । मिनले नेपाल बैंकमा काम गर्नेभन्दा बढीलाई भाटभटेनीमा काम दिनसक्ने भइसके । उनले बितेको ३० वर्षमा जुन प्रगति गरे, मानिसले चाह्यो भने परिवर्तन गर्न सक्छ कि सक्दैन ?

समृद्धि सम्भव छ हाम्रै जीवनकालमा
यसर्थ, आफ्नै जीवनकालमा परिवर्तन सम्भव छ भनेर हामीले स्थापित गर्नैपर्छ । अबको बाटो यो हो । मैले राष्ट्रियताको विषयमा पनि हेरेँ । यो भनेको यदि देश आर्थिक हिसाबले बलियो भयो भने देशको राष्ट्रियता पनि बलियो हुने रहेछ । जब देश गरिब हुन्छ, राष्ट्रियता पनि कमजोर हुन्छ । धनी भयो भने विद्यार्थीले भन्छन्, यो मेरो देश हो, मलाई राम्रो पढाइदिएको छ । बिरामीले भन्छ– मेरो देश जसले मलाई बिरामी परेको बेला उपचार दिन्छ । कर्मचारीले भन्छन्, मेरो देश । यसले मलाई राम्रो तलब दिएको छ । सेवा सुविधा दिएको छ । सेना प्रहरीले भन्छन्, मलाई राम्रो हतियार दिएको छ, तालिम दिएको छ । मेरो देश हरेक मानिसको स्वाभिमान माथि उठ्छ । जब इकोनोमी हुन्छ । जब इकोनोमी हुँदैन तब मानिस खुम्चन थाल्छ । दिनभरी राष्ट्रियताको नारा लगाउँछ, बेलुका चाहिँ कोसँग हात पसारेर खाने हो त्यहाँ जान्छ ।
यसर्थ, यी समग्र कुराहरुलाई बदल्नलाई पनि अब अर्थतन्त्र नै राष्ट्रियता हो भनेर बुझ्नुपर्छ । मैले देशको अर्थमन्त्री भएर हेरेँ । अंकमा लेखे अर्थतन्त्र हुन्छ, भाषामा लेखे राजनीति हुन्छ । अर्थतन्त्र र राजनीति भनेका एउटै सिक्काका दुईटा पाटा हुन् । हामीले राजनीति मात्र बुझ्ने, अर्थतन्त्र नबुझ्ने । अनि राजनीतिको अर्थतन्त्र कस्तो हुन्छ भनेर बुझेनौं भने हामी सधैं यस्तै अवस्थामा हुन्छौं । यसर्थ, देशलाई समृद्ध बनाउनको लागि राजनीति नै अर्थतन्त्रको लागि हो भन्ने कुरा हामीले बुझ्नुपर्छ र त्यसैअनुरुप व्यवहारमा उतार्नुपर्छ ।

हामी बडो राष्ट्रवादको कुरा गर्छौं । नेपालले यदि २५ हजार मेगावाटको बिजुली उत्पादन गरेर भारतलाई बेच्यो भने उसले हामीलाई नाकाबन्दी गर्न सक्छ ? उसले नाकाबन्दी गरे भोलिबिहान नै बिजुली दिएनौं भने १५ मिनेटमा भारतले नाकाबन्दी खोल्छ कि खोल्दैन होला ? अब भन्नुहोस, कुन चाहिँ राष्ट्रियता हो ? कुन राष्ट्रियता चाहिँ बलियो हुन्छ ? हामीले लगाउने राजनीतिक नारा बलियो हुन्छ कि बलियो अर्थतन्त्रले सिर्जना गर्ने शक्ति बलियो हुन्छ ?

यसर्थ, हामीसँग अथाह सम्भावना छ । पानी छ, बिजुली निकालौं, बेचौं । जब यो सम्भव हुन्छ, तब नेपाललाई कुनै पनि तागतले छुन सक्दैन । यसरी, नेपाली अर्थतन्त्र बलियो बनाऔं, नेपालको राष्ट्रियता बलियो बनाऔं र नेपालको लोकतन्त्र बलियो बनाऔं । हामी सबै यो अभियानमा लागौं ।

(पाण्डेले बुधबार नुवाकोटको सामुदायिक रेडियो जाल्पा एफएमको नवौं जन्मोत्सवको अवसरमा व्यक्त विचारको सम्पादित अंश)

२०७४ भदौ ३१ गते प्रकाशित

About The Author

Loading...