मुरारी शर्मा
धर्मको चर्चा, बहस र युद्ध अपराधसम्मकाृे परिघटना मानव जातिको इतिहासमा अहिलेसम्म अन्य विषयमा नभएको कुरा मध्य युगीन इतिहासका जानकारहरुलाई चाहिँ प्रमाण दिइरहनुपदैन । नेपालका कम्युनिष्टहरुले खाली नकारात्मक रुपले मात्र उक्त विषयलाई हेरिरहेको परिप्रेक्षमा हाल आएर उक्त विषयमा क्रिया प्रतिक्रिया हुन थालेकोले थप चर्चा गर्न वाञ्छिनीय हुन आएको हो ।
पाखण्डीहरुले गर्दा धर्म शब्दकै बदनाम भएको कुर। पुष्टि गर्नु, धर्मको परिचय दिनु र पूर्वाग्राहीको मनोविश्लेषण गर्नु नै धर्मको विषयमा चर्चा गर्नु हो । पाखण्डीहरुको कारण धर्म पढिने, भनिने र उपदेश दिने विषय मात्र भयो, गरिने कुरा भएन । नगर्नाले हात लाग्यो शुन्य । उदारहणको लागि व्यथा विसेक हुने औषधी किनेर गोजीमा चाहिँ राख्ने तर नखाने रोगी जसरी विसेक हुदैन त्यसरी र्नै धर्मलाई व्यवहारमा नउतार्ने पाखण्डी पनि स्वंय रोगी छ । रोगीले अरु रोगी देखेर चित्त बुभाउनु दुखीले अरुको दुख देखेर सन्तुष्ट हुनु अधर्मको पराकाष्टा हो ।
राजनीतिक र समाजिक क्षेत्रमा कानुन हातमा लिन पाइदैन भन्न जान्ने जति पनि धार्मिक क्षेत्रमा धर्म हातमा लिएर धर्मको उल्लङघन गर्न पाइदैन भन्ने मानिसको संख्या नहुनाले गर्दा धर्मको आडमा पाखण्डीहरुले लामो समयसम्म अधिनायकवाद चलाइकोले धर्म स्वयं बदनाम भएको कुार विशेष गरेर नोपालका कम्यूनिष्टहरुले बुझनु आवश्यक छ । किनभने उक्त बदनामीकै धरातलमा माक्र्सको अफिमको खेती गरेको हुन् ।
धर्मको परिचय
आगोको धर्म पोल्ने भएजस्तै मान्छेको धर्म सुख खोज्नु हो । अरुलाई सुख दिएर होईन, सुखदिंदा नै आफूलाई सुख हुने कुरा आत्मसात् गर्नु धर्म हो । आफूलाई मन नपर्ने कुरा अरुलाई पनि मन पर्दैन भन्ने कुरा बुझेर अरुलाई मनपर्ने कुरा मात्र गर्नु धर्म हो ।
सज्जन एव. असल मान्छेको संगत गर्दा सुख हुने र दुर्जनको संगत गर्दा दुखहुने कुरा सबैले बुझेका छन् । फेरी पनि शक्ति देखी डराएर तथाकथित ठूलाबडा देख्दा कुकुरले झैँ पुच्छर हल्लाउने साधु सन्त र निरिह व्यक्ति माथि हैकम चलाउने प्रवृति अधिकांशमा देखिनु धर्मको मर्म नबुझेको प्रमाण पेश गर्नु हो ।
माथिका सबै कुरा सबै धर्ममा हुनु र सबै धर्मको धर्म एउटै हुनुले सर्व धर्म समन्वय तिर लाग्नु भन्दा त्यसैको नाममा झगडा गर्ने दरीद्र मानसिकताको परिचय दिनु अधर्म हो । त्यस्ता दरिद्रहरु अन्त नभएर हाम्रै संविधान सभामा हुनुले कहिं नभएको जात्रा हांडि गाँउमा भन्ने पुरानो उखानले अहिले पनि सार्थकता पाई राख्नु भनेको अधर्मीहरुको संख्या बढ्नु नै हो । उक्त संख्या घटाउने सामथ्र्य अन्त कहिं पनि नभएर धर्ममा मात्र छ । तलको परिभाषात्मक वाक्यले सामथ्र्यको पुष्टि गर्छ –धर्म भनेको मान्छेले गर्ने त्यस्तो व्यवहार हो, जसले प्राणिमात्रलाई सुख र शान्तिको अनुभूति दिलाउँछ । अझै छोट्याएर परिचय दिनु पर्दा धर्मो रक्षित अर्थात् जसले धर्मको रक्षा गर्छ उसलाई धर्मले जोगाउँछ ।
पूर्वाग्रहीको मनोदशा
धर्मका ठेकदारहरुले धर्मलाई क्रियात्मक रुप दिनुभन्दा कर्मकाण्डी पारामा पूर्वजन्म, पुनर्जन्म स्वर्ग, नरक, भाग्य र जात जस्ता कुरालाई उपदेशात्मक शैलीमा बढी प्रचार गर्नाले धर्मको अर्थ अन्ध विश्वास हुन गयो । अन्ध विश्वासकै पृष्ठभूमिमा चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्तिले विश्व धर्काएको बेलामा हुर्केका नेपालका कम्युनिष्टहरुले आफ्नो धर्म भनेको धर्मकै विरोध गर्नु हो, भन्नेकुरालाई व्यवहारमा उतारे । म आफैँले पनि त्यतिबेला उक्त कुरालाई ऐक्यबद्धता नजनाएको होईन । वर्तमान परिवेशमा पूर्वाग्रहीको मनोदशालाई उदारहणको रुपमा लिनु पर्दा वशन्त बस्नेतले कान्तिपुरमा पं्रकाशित उनको लेख मार्फत मोदनाथ प्रश्रितलाई आत्मघाती, विरोधभाषी र प्रतिगमनकारीको रुपमा देख्नु हो । समयले मान्छेलाई न भुतुभुतु मार्छ भने उसको शोचाइलाई मार्नु अनौठो कुरा भएन । यहाँनिर प्रश्न उठ्न सक्छ कि कालजयी सिर्जना र शाश्वत सत्य जस्ता विषयलाई किन ठूलो ठठूलो स्वरले उच्चारण गरिन्छ छ ? उक्त प्रश्नको उत्तर दिनु भन्दा पहिदे म आफैले भोगेको र घत लागेको विषयलाई प्रस्तुत गर्नु सान्र्दभिक ठहरिन्छ । उक्त विषय भनेको पोखरीमा तर परेर जमेको पानी भन्दा कल कल बगेको नदीको पानीलाई हरकोईले महत्व दिए जस्तै जीवनको भोगाईले परिस्कृत गर्दै लगेको विचारलाई महत्व नदिएर यथास्थितिमानै रहिरहनु प्रतिगामी नभएपनि प्रगति विरोधी र पूर्वाग्रहीको परिचय दिनु चाहिँ अवश्य हो ।
जहाँसम्म कालजयी र शाश्वत सत्यको प्रश्न छ शाश्वत सत्यको विषय त कम्युनिष्टहरुको बीचमा आजसम्म विवादास्पद विषयकै रुपमा रहेको छ । कालजयी प्रश्नको उत्तर भने धर्मलै नै दिन सक्छ । उदारहणको लागि प्रश्रितजीले जसरी भएपनि भएपनि ठूलै हुाुपर्ने जंगली महत्वकांक्षीहरुसित प्रतिस्पर्धा गर्नु आफू पनि त्यस्तै हुृनु हो, भनी ठानेर साहित्य साधनामा लाग्नु धर्मलाई व्यवहारमा अनुवाद गर्नु हो । वर्तमान परिवेशमा प्रश्रितजीको ज्यवहार धार्मिक र कालजयी दुवै हो । प्रकारान्तरबाट धर्म शापेक्षताको वकालत गरेका हुन् भने इतिहासले मूल्याङकन गर्दै जाला। हिन्दु धर्मको विशेषतालाई विश्वव्यापी रुपमा प्रचार गर्दा पर्यटकक्षेत्रमा वाञ्छित उपलबधी हाँसिल हुनेकुरालाई ध्यानमा राख्नुृले पनि उनले राष्ट्र धर्मकै पालना गरेको ठहर्छ ।
पाखण्डीले दान र मान खोज्ने पूर्वाग्राहीले भूत खोज्ने र उग्रवादीले भविष्य खोज्नाले वर्तमान विस्यार भएको हो । दुखीले सुखीलाई भन्दा दुखीलाई नै मन पराउने मनोवैज्ञानिक सत्यले अर्को शब्दमा दुखी देखेर चित्तबुझाएर बस्ने तथ्यले र हाम्रो देशमा दुखीहरुकै संख्या बढी हुनाले वर्तमान रोगाएको हो । रोगीशासकहरुले रोगी वर्तमान उपचार गर्ने संभावना ज्यादै कम छ । उपचार गर्ने सामथ्र्य मात्र धर्मसिज्यादै कम छ । उपचार गर्ने सामथ्र्य मात्र धर्मसित छ । स्मरणीय छ , ईश्वर नमानेर नास्तिक हुने अधिकार जो कोहीलाई छ, धर्म नगरेर पापी हुने अधिकार कसैलाई पनि छैन र किनकी नास्तिक भए आफू मात्र दुखी हुन्छ, पापीले त सारालाई दुख दिन्छ ।