Wed. Sep 23rd, 2020

पत्रकार सिलवाल र थापालाई हेम-सुनिल जोखिमपूर्ण पुरस्कार

७ असोज,  धादिङ –

 

 

पत्रकार शिव सिलवाल र भरतबन्धु थापा हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले स्थापना गरेको पुरस्कार शनिबार एक कार्यक्रमको आयोजना गरि सिलवाल र थापालाई  प्रदान गरिएको छ । पुरस्कारको राशी ५१ हजार नगद रहेको छ ।

सिलवाल नेपाल टेलिभिजनको धादिङ संवाददाता हुुन् । उनी नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका सदस्य समेत छन् ।

हेमसुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार छनोट समितिको बैठकले १३ जना प्रतिस्पर्धीहरुबाट सिलवाल र थापालाई छनोट गरेको हो।

२०६३ साल असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका नेपाल टेलिभिजनका पत्रकारहरु हेमराज भण्डारी र सुनिलकुमार सिंहको सम्झनामा नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले पुरस्कारको स्थापना गरेको हो।

२०७४ असोज ७ गते प्रकाशित

Loading...