Sun. Sep 8th, 2024

इच्छा विपरित लोला हान्ने र रङ लगाइदिनेलाई कार्वाही गर्ने

download
२० फागुन,धादिङ । जिल्ला प्रहरी कार्यलय धादिङले होली पर्वलाई मर्यादित ढङगले सञ्चालन गर्नका लागि विशेष सुरक्षा अपनाइने जानकारी दिएको छ ।

होली आउनु अगावै लोला हार्ने प्रवृतिलाई नियन्त्रण गर्नका लागि प्रहरी कार्यलय धादिङले राजमार्ग क्षेत्र र धादिङ बजार क्षेत्रमा २०० जना प्रहरी खटाइएको छ । होली पर्वलाई सरल ढङगमा सञ्चालन गर्नका लागि स्थानीयहरुलाई माइकिङ मार्फत अहिले सुचना तथा सन्देशहरु प्रवाह गरिरहेको छ ।

होली पर्वको दिन विहिबार बजारका चोकचोकमा प्रहरी खटाइने र प्लास्टिक तथा रङ मिसाइएको लोला प्रयोग गर्न निषेध गराइने प्रहरी नायव उपरीक्षक प्रकाश मल्लले जानकारी दिनुभयो । होलीमा इच्छा विपरित लोला हान्ने, रङ लगाइदिने र मदिरा सेवन गरी होहल्ला गरेमा सार्वजनिक अपराध अन्र्तगत तोकिएको सजाय दिइने जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

About The Author

अन्य समाचारहरु: