Wed. Sep 11th, 2024

एमाओवादी संविधान बन्न नदिने षड्यन्त्रमा लागको छ : ज्ञवाली

DSC_0697 (1)
२२ फागुन, धादिङ । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले संविधानसभाबाट बाहिरिएको एमाओवादीले संविधान निर्माण प्रक्रियामा नलागेर संविधान बन्न नदिने षड्यन्त्रमा लागेको बताउनुभएको छ ।

एमाले समर्थित बिद्यार्थी संगठन अनेरास्ववियु धादिङको २३ औं जिल्ला सम्मेलनको उद्घाटन गर्नु हुदै नेता ज्ञवालीले संविधानको पक्षधरहरुले संविधान निर्माण प्रक्रियामा अवरोध सिर्जना गरेको बताउनुभयो ।

संविधानसभा भंङ्ग हुनुपर्छ भन्नेहरुसंग हात मिलाएर संविधानसभालाई असफल बनाउन लागिरहेको आरोप समेत लगाउनुभयो । नेकपा एमाले सधैँ माओवादीसंग वार्ताको पर्खाइमा बसिरहेको भएपनि एकपछि अर्को शर्त तेस्र्याउदै माओवादी र मधेसी मोर्चा वार्ताबाट भागिरहेको औल्याउनुभयो । कुनैबेला अलिकति त्रास, अलिकति आश र अलिकति विश्वासको बलमा २ सय ४० सिट जितेको माओवादी अब पनि माओवादी नसच्चिए अर्काे निर्वाचनमा माओवादी विलाएर जाने बताउनुभयो ।

DSC_0673

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभाषद गुरु प्रसाद बुर्लाकोटीले एमाओवादीको नेतृत्वमा केही व्यक्तिहरु संविधान बन्न नदिने बाटोमा लागेको भएपनि नेकपा एमाले संविधान जारी गर्न कठिबद्ध रहेको बताउनुभयो । त्यस्तै एमाले केन्द्रिय सदस्य खेम लोहनी, एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठी, अनुरास्ववियु केन्द्रिय उपाध्यक्ष ऐन महर, नेपाल विद्यार्थी संघ धादिङका अध्यक्ष इश्वर अधिकारी, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली लगायतले २३ औं जिल्ला सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो । धादिङ नलाङ स्थित सिद्देश्वर उच्च माविको प्राङ्गढमा जारी सम्मेलनले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन धादिङको नया नेतृत्व चयन गर्नेछ ।

About The Author

अन्य समाचारहरु: