Fri. Dec 8th, 2023

बंगलादेशलाई जलविद्युत् निर्यात गर्ने सम्झौता पछि धकेलियो

images

काठमाडौ –  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध भएपछि नेपालको विद्युत् बंगलादेशलाई बिक्री गर्न हुने भनिएको सम्झौता रोकिएको छ । भारतीय कम्पनी जीएमआर र बंगलादेशबीच काठमाडौंमा विद्युत् खरिद सम्झौताको तयारी भइरहेको थियो । जसमा सहभागी हुन बंगलादेशका ऊर्जामन्त्री आउन नपाएपछि सम्झौतामा असर परेको हो ।

जीएमआरका एक अधिकारीका अनुसार विमानस्थलका कारण बंगलादेशका ऊर्जामन्त्री नसरुल हमिद आउन नपाएपछि बिहीबार गर्ने भनिएको विद्युत् खरिद सम्झौता रोकिएको छ । बंगलादेशको पावर डिभिजन र प्रवर्द्धक कम्पनी जीएमआरबीच विद्युत् खरिदको समझदारीपत्र (एमओयू० मा हस्ताक्षरको तयारी थियो । अब सम्झौता कहिले हुन्छ भन्ने विषय एक साता पछि मात्रै टुंगो लाग्नेछ, जीएमआरका ती अधिकारीले भने । माथिल्लो कणरली जलविद्युत् आयोजनाबाट ३ सय मेगावाट र माथिल्लो मस्र्याङ्दीबाट २ सय मेगावाट विद्युत् खरिदको सम्झौता हुने तयारी थियो ।

दुवै आयोजनाको प्रवर्द्धक जीएमआर हो । ९ सय मेगावाटको माथिल्लो कर्णालीको आयोजना विकास सम्झौता ९पीडीए० भइसकेको छ । स्थलगत रूपमा जीएमआरले केही कामसमेत सुरु गरिसकेको छ । ६ सय मेगावाटको माथिल्लो मस्याङ्दीको पीडीए भने भएको छैन । लगानी बोर्डले जीएमआरसँग उक्त आयोजनाको पनि पीडीए गर्ने गृहकार्य गरिरहेको छ । केही महिनाभित्र पीडीए गर्ने तयारी बोर्ड र जीएमआरको छ । उत्पादनपछि दुई आयोजनामध्येबाट पास सय मेगावाट विद्युत् बंगलादेशले खरिद गर्ने सम्झौताको तयारी थियो । नेपालको विद्युत् अन्य मुलुकमा निर्यात गर्ने यस्तो प्रकृतिको सम्झौता पहिलो पटक हुन लागेको थियो ।

बंगलादेशको सरकारले खरिद गर्ने विषयमा प्रारम्भिक कुराकानी भइसकेको छ, जीएमआरका अधिकारीले भने, केही विषयहरू टुंग्याउन बाँकी थियो । छलफल गरेर सम्झौताको तयारीमा बसेका थियौं । अन्तर्राष्ट्रिय उडान प्रभावित भएपछि सम्भव भएन ।ु बुधबार बिहान टर्किस एयरको विमान विमानास्थलमै दुर्घटनाग्रस्त भएपछि अन्तर्राष्ट्रिय उडानहरू प्रभावित बनेका छन् । धावनमार्गमै विमान दुर्घट्नाग्रस्त भएकाले हटाउन समय लागेर उडानहरू सुचारु हुन नसकेका हुन् । शुक्रबारसम्म उडान सुचारु गर्ने प्रयास भइरहेको छ । बुधबारदेखिको उडान अवरुद्धका कारण काठमाडौंमा बिहीबारदेखि हुन लागेको तीनदिने जलविद्युत् सम्मेलन पनि स्थगित भएको छ ।
इकान्तिपुर अनलाइनबाट

About The Author

Loading...

अन्य समाचारहरु: