Thu. Mar 20th, 2025

बहुला कुकुरको टोकाइबाट पोखरियाबासी पीडित

दिनानाथ शाह

download

२३ फागुन, वीरगंज  – पर्साको पोखरिया नगरपालिका क्षेत्रमा बहुला कुकुरको टोकाइबाट ४० सर्वसाधारण पीडित भएका छन् ।

पोखरिया आसपासका लङ्गडी हरिहरपुर, धोविनी, मसिहानी, एकडरवा, विरञ्चिवर्वा, बसन्तपुर, सेमरालगायत गाउँका करिब ४० जनालाई कुकुरले टोकेर घाइते बनाएको हो ।पोखरिया अस्पतालमा जाँदा रेबिजविरुद्धको खोप नरहेका कारण त्यसै फर्कन बाध्य भएको सेमराका पीडित जगदीश प्रसादले बताउनुभयो । पोखरिया अस्पतालका अहेब वृजेश द्विवेद्वीले रेबिजविरुद्धको खोप हेटौँडाबाट मगाएर दुई÷तीन दिनमा उपलब्ध गराउने जानकारी दिनुभयो ।

पोखरिया अस्पतालमा एक हप्तादेखि बहुला कुकुरले टोक्दा लाउने रेबिजविरुद्धको सुई अभाव भएको छ । पोखरियामा सुईको अभाव भएपछि सर्वसाधारणहरु वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालका उपचारका लागि आउने गरेका छन् । बहुला कुकुर नियन्त्रणबाहिर नै भएका कारण उसको आतङ्क जारी रहेको पोखरियाका स्थानीयवासीले बताएका छन् ।

About The Author

अन्य समाचारहरु: