Tue. May 21st, 2024

नारी अधिकारका नाममा खोक्रो नारा

diya

 दिया चन्द

महिलाको समस्या महिलाको मात्र नभएर त्यो सम्पूर्ण समाज र राष्ट्रकै लागि क्यान्सर सावित हुनसक्छ यदि राज्यले यसैगरी दण्डहिनता लाई भरण पौषण गरिरहे । कुनै पनि महिला आफैमा असक्षम हुुदैन, महिलालाई सधै असक्षम देख्ने दृष्टिकोणले नै महिलालाई जर्वजस्ती कमजोर पारिएको छ । विभिन्न वाहानामा सामाजिक कुसंस्कार, परम्परागत धारणा, आर्थिक स्थिती र सामाजिक तथा पारिवारिक मुल्य मान्यता यी चार तत्वहरुलै नै महिलालाई कमजोर बनाएको मात्र छैन कि हिसां सहन समेत बाध्य पारेको छ ।

कुनैपनि ऐतिहासको हरेक परिवर्तन पछि लैङ्गीक विभेद र भेदभावको अन्त्य किन हुन सकिरहेको छैन ? यो प्रश्नको उत्तर संभवतह कसैसंग छैन, म यो प्रश्न तिनै महान खन्चुवा दललाहरुलाई गर्न चाहन्छु ,जसलै नारी अधिकार र महिला शशक्तिकरणको खोक्रो नारा अगाडि सारेर करोडौ डरल कुम्ल्याउदै आएका छन् । खोई कति महिलाहरु लाई कहाँ कसरी र कहिले शशक्त बनाए ? आजकौ यौ कथित आधुनिक युग सम्म आइपुग्दा महिला आफ्नो घर परिवारबाट नै असुरक्षीत छन । एउटा दाजुले बहिनीको र जन्म दिने बाउले नै छोरीको अस्मिता लुटेका उदाहरण थुपै्र छन यहां । बैतडिकि पुजा बोहोरा जस्तै खुल्न बाँकी बलत्कारका रहस्य कति होलान त्यो जो कोहिले पनि सजलै अनुमान गर्न सकिन्छ । एसिड आक्रमण र महिला हिसांकै कुरा गर्ने नै हो भने हरेक क्षेत्रमा महिलाहरुको हिंसा भएको छ । सके शारीरिक नभए मानसिक र भावनात्मक रुपमा अन्त्यमा केहि सीप नलागे महिलाहरुलाई सुन्न गाह्रौ हुने र मानसिक तनाव हुने खालका फोहोर शब्द बोलेरै किन नहोस काम पिपासु पुरुष हरुले आफ्नो पुरुषर्थ दैखाउकै पाइन्छ ।

सृष्टिको उत्पत्ति भए देखि नै महिला र पुरुष एक रथका दुई पाग्रां र एकै सिक्काका दुई पाटा भनिएकै छ तर व्यवहारमा त्यो भनाई भन्दा नितान्त फरक छ । महिला घरको काम गर्नै उपकरण र बच्चा जन्माउने मेसिनको रुपमा मात्र कतिन्जेल प्रयोग हुने ? कि त अधिकारको कुरा गर्नैले अवसर र स्थान देउ होइन भने तिम्रा खोक्रा भाषण बन्द गर । अवका शिक्षित नारी उक कदम अगाडि बढिसकेका छन चाहे त्यो समाज लाई परिवर्तन गर्नैै कार्यमा होस या देश निर्माणको अभियानमा महिला कहि कतै चुकेका छैनन् र चुक्दैनन् पनि ।

महिला दिवसको कुरा गर्दा पहिलोपटक २८ फेब्रुअरी १९०९ मा अमेरिकाको सोलिष्ट पार्टीले आह्वान गरे अनुसार हरेक वर्षको मार्च ८ तारिखका दिन अन्र्तराष्ट्रिय नारी दिवस मनादै आइएको छ । हुन त यो भन्दा पनि पहिला सन् १८५७ देखि नै श्रमिक महिलाहरुले आफ्नो श्रम शोषणका विरुद्धमा आवाज उठाएका थिए । यसरी उठ्दै आएको आवाज सन् १८९७ मा आइपुग्दा अझ सशक्त बन्दै गएकोले न्यूयोर्कमा एउटा गार्मेण्ट फ्याक्ट्रिमा काम गर्ने श्रमिक महिला समूहले आफ्नो कार्य घण्टा १० घण्टा मात्र हुनुपर्ने माग राख्दै गएबाट अझ सशक्त बन्दै गएको पाइन्छ । यसरी सन् १९०६ मा जर्मनको स्टुटगार्ड भन्ने ठाँउमा समाजवादी महिलाहरुले प्रथम अन्र्तराष्ट्रिय श्रमिक महिला सम्मेलनको आयोजना गरेका थिए ।

उक्त सम्मेलनले श्रमिक महिला संठनको स्थापना ग¥यो र यसको नेतृत्व महिला श्रमिक नेता क्लारा जेटकिनले गरेकी थिइन । उक्त सङगठनमार्फत् सन् १९०८ मा महिलाले भोट दिन पाउनुपर्दछ भनी विभिन्न विरोध प्रदर्शन गर्न थाले । यसरी सन् १९१० मा डेनमार्कको कायन हेगनमा दोस्रौ अन्तर्राष्ट्रिय श्रमिक सम्मेलन सम्पन्न ग¥यो । उक्त सम्मेलन सन् १९११ मा प्रथम श्रमिक महिला दिवस र पछिका वर्षहरुमा यसलाई अन्र्तराष्ट्रिय नारी दिवस भनी प्रत्येक राष्ट्रका महिलाले मनाउन थालेका हुन् भन्ने कुरा इतिहासले बताउँछ ।

About The Author

Loading...