Sat. Jun 15th, 2024

बंगलादेश सुपर एटमा, इंग्ल्याण्ड बाहिरियो

England-v-Bangladesh

काठमाडौं – इंग्ल्याण्डविरुद्ध १५ रनको रोमान्चक जित हात पार्दै बंगलादेश विश्वकप क्रिकेटको सुपर एटमा प्रवेश गरेको छ ।

हारसँगै इंग्ल्याण्ड समूह चरणबाट घर र्फकने भएको छ । समूह ए बाट न्यूजिल्याण्ड र अष्ट्रेलियासँगै श्रीलंका र बंगलादेश सुपर एटमा पुगेको छ । स्कटल्याण्ड अंक बिहीन छ र विश्वकपबाट बाहिरिसकेको छ ।

एडिलेड ओभरमा बंगलादेशले प्रस्तुत गरेको २७६ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड अन्तिम ९ बल खेल्नुअघि २६० मा अलआउट भयो । इंल्याण्डको सुरुवात मध्यम रहृयो । मोइन अली र इयान बेलले पहिलो विकेटका लागि ४३ रनको साझेदारी गरे । अली १९ रनमा आउट भए ।

दोस्रो विकेटका लागि एलेक्स हेल्ससँग ५४ रनको साझेदारी गरेका बेलले तेस्रो विकेटका लागि जोए रुटसँग २४ रनको साझेदारी गरे । हेल्स २७ मा आउट भए, जतिबेला इंग्ल्याण्डको स्कोर १२१ रन थियो । थप १० रन बनाउँदा दुई विकेट गुमायो । ओइन मोर्गान शुन्य र जेम्स टेलर १ रनमा पभेलियन फर्किए । तर, जोस बट्लरले इंल्याण्डको पारी सम्हाले । उनले छैटौं विकेटका लगि जोए रुटसँग ३१ रनको साझेदारी गरे । रुट २९ रनमा आउट भए ।

About The Author

Loading...

अन्य समाचारहरु: