Mon. Jun 24th, 2024

जापानमा छुरा हानेर पाँचजनाको हत्या

japan_stabbing_411659518

जापान –  जापानको पश्चिमी सुमोटो शहरमा पाँचजनाको छुरा हानेर सोमबार बिहान हत्या गरिएको छ ।

जापानी पुलिसका अनुसार छुरा हानेर पाँचजनाको हत्या गरिएपछि ४० वर्षीय एक बेरोजगार व्यक्तिलार्इ तत्कालै गिरफ्तार गरिएको छ । स्थानीय मिडिया द असाही समबुनले जनाए अनुसार छुरा हान्ने ब्यक्ति ट्याटसुहिको हिरानो रहेका छन् । प्राप्त खबरअनुसार आक्रमणमा संलग्न ट्याटसुहिको हिरानोले लगाएको कपडा रगतले लत्पतिएको अवस्थामा भेटिएपछि उनलार्इ पक्राउ गरी अनुसन्धान गर्दा घटना गराएको स्वीकारेका थिए ।

हत्यामा संलग्नलार्इ हिरासतमा लिइएपनि घटना के कारणले भएको खुल्न सकेको छैन । प्रहरीले एकै घरबाट महिला र पुरुषहरुको शव फेला पारेको छ । पुलिसले त्यही घर नजिकैबाट ८० वर्षीय दम्पत्तीको पनि शव भेट्टाएको छ । आक्रमणमा संलग्न भएको अभियोगमा पक्राउ परेका हिरानो ती दुबै घर नजिकै बस्दै आएका थिए । एजेन्सी

About The Author

Loading...

अन्य समाचारहरु: