Sat. Dec 7th, 2024

एकै परिवारका ६ जनाको मृत्यु भएपछि गाउँ नै शोकाकुल

मनिष ढुवाडी

२६ फागुन,  पुकुन (धादिङ) – एकै परिवारका ६ जनाको मृत्यु भएपछि यतिखेर धादिङको पिडा गाँउ विकास समितिको वडा नं ८ मा रहेको पुकुन गाउ पुरै शोकमा डुवेको छ ।

pida 1

सन्तबहादुरको घरमा भएका ८ जना मध्ये ४ जनाको मृत्यु भएको र अरु पनि गभ्भीर अवस्थामा रहेकाले घर कुर्ने मानिस पनि नभएपछि छुट्टिएर बसेकी सन्चबहादुरकी जेठी बुहारीले घर कुरेर बसेकी छिन । सन्चबहादुरकी जेठी बुहारी ठुलकान्छीमाया तामाङले भनिन, ‘छुटिएर बसेपनि सोमबार विहान गहँुको रोटी पकाएपछि खाजा खानको लागि माइली बुहारी फुलमाया र नाति रमेशलाइ सन्चबहादुरले घरमै बोलाएका थिए ।’

pida 2

सन्चबहादुरको गोठमा ३ बटा भैसी एक हल गोरु र १७ वटा बाखा्र रहेका छन । सन्चबहादुरको घरमा उनी जेठी बुहारी आएर बसेपनि सन्चबहादुरका माइला छोरो पुर्ण बहादृुरको घरमा ताला लागेको छ । पुर्ण बहादृुर पनि विदेशमा रहेका र उनको श्रीमती फुलमाया तामाङ र छोरो रमेश तामाङको पनि रोटी सेवनकै कारण मृत्यु भएपछि पुर्ण बहादुरको घरमा ताला लागेको हो । घरमा ताला लागेपछि उनको गोठमा रहेको गाइबस्तुहरुपनि अलपत्र परेका छन ।

pida 3

‘हाम्रो घर २ तीन गरा तल्लोपटि छ, माइलीको घर संगै रहेकाले ससुराले विहानको खाजा खाएर घाँस काट्नको लागि उनलाइ बोलाएका रहेछन । तर खाजा खाने वित्तिकै सवैजना विरामी पर्न थाले ।’ ठुलकान्छीले रुदै भनिन, ‘परिवारकै ५ जनाको मृत्यु भयो । बाँचेकाहरुको पनि केही अत्तापत्तो छैन । गोठमा रहेका गाइ बस्तुलाइ घाँसपानी गर्ने मान्छे पनि कोही नभएपछि म यहाँ आएको हुँ ।’ अहिले सन्चबहादुर र पुर्ण बहादुरको घरमा वरिपरिका छिमेकीहरु टोलाएर बसिरहेका छन । त्यहाँ पुग्ने जोकोही गाउलेहरुको आँखा रसाएको देखिन्छ ।

pida 4

गाँउ नजिकै रहेको पुकुन प्राथमिक विद्यालय पनि आज बन्द भएको छ । २० २५ जना बालबालिकाहरु तामाङ समुदायबाटै अध्ययन गर्न आउने विद्यालयमा आज कोही पनि नआएको विद्यालय नारायण रुपाखेतीले जानकारी दिए । सन्चबहादुर कै घर नजिकै टोलाउदै रहेकी १० वर्षिया मीना तामाङले भनिन, ‘संगै पढ्ने साथीहरु साथीहरु अर्जुन र रमेशको पनि मृत्यु भयो । नरमाइलो लागेर स्कुल जानै मन लागेन ।’ मृतक रमेश स्याङतान र अजुर्न स्याङतान पुकुन प्रा वि मा बाल कक्षामा अध्ययनरत विद्यार्थी थिए ।

pida 5

मृतकहरुको शवलाइ पोष्टमार्टम पश्चात अन्तिम सँस्कारको लागि आजै आफन्त र स्थानियहरुको जिम्मा लगाइएको जिल्ला प्रहरी प्रमुख प्रकाश मल्लले जानकारी दिए । अन्तिम संस्कारका लागि जुटेका मृतक सन्चबहादुरका भतिज राम बहादुर तामाङले भने, ‘परिवार नै सखाप भयो । काजक्रिया गर्नुपर्ने मान्छेहरुपनि विरामी छन । घरबाट पैसा निकाल्न सक्ने कोही छैन । कसरी काजक्रिया पुरा गर्ने हो अन्योलमा छौ ।’ चितवन बस्दै आएका रामबहादुर आफ्नो ठुलोबुवाको परिवारमा विपत्ति आइलागेपछि आजमात्रै चितवनबाट आए थिए । मृतकहरु ६ जनाको आजै पिडा १ आदमघाटको बन्चेडाँडामा दाहसस्कार गर्ने तयारी भइरहेको छ ।

pida 6pida 7pida 8

 

About The Author

अन्य समाचारहरु: