Mon. Sep 16th, 2024

पुकुनमा भएको घटनाका परिवारजनलाई राहत वितरण

???????????????????????????????
२७ फागुन धादिङ धादिङको पीडा गाँउ विकास समिति वडा नं ८ को पुकुनमा विषाक्त गहुँको रोटी खाँदा मृत्यु भएका र बिरामी भएका परिवारका लागि आपतकालिन राहत वितरण गरिएको छ ।

यूनाईटेड मिशन टु नेपाल धादिङ क्लष्टरसँगको सहकार्य तथा जिल्ला प्रशासन कार्यालयको समन्वयमा स्थानीय गैर सरकारी संस्था प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङले प्रति मृतक रु ७ हजार ५ सयका दरले रु.४५ हजार रुपैया दाहसंस्कार गरिएको स्थानमा पुगेर हस्तान्तरण गरिएको हो । आपतकालिन राहत रकम सहायक प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्माले मृतक सञ्चबहादुरका जेठा छोरा राम बहादुर तामाङलाई हस्तान्रण गर्नु भएको थियो । राहत वितरण कार्यक्रममा प्रहरी नायव उपरिक्षक प्रकाश मल्ल, यूनाईटेड मिशन टु नेपाल धादिङ क्लष्टरका टीम लिडर शशी घलान, प्रयास नेपालका अध्यक्ष उषा बि.क. लगायतको उपस्थिति रहेको थियो ।

मृतकको दाहसंस्कार र काजकिरीया लगायतको प्रयोजनको लागि प्रति मृतक रु ७ हजार ५ सयका दरले रकम वितरण गरिएको र घाईते भएका परिवारका सदस्यहरुको लागि प्रति व्यक्ति ३ हजार ३ सयका दरले खाद्यन्न पिडा – ८ पुकुनमा नै गएर वितरण गरिएको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिनु भयो । संस्थाले गरिबी र चेतनाको कमीको कारण भएको दुखत घटनाले संस्था मर्माहत भएको र स्वर्गारोहण भएका आत्मको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्नुका साथै घाईतेजनहको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

गत सोमबार पिडा गाउँ विकास समितिको वडा नं ८ पुकुनका सञ्चबहादुर तामाङको परिवारमा विषाक्त गहूँको रोटि खाँदा सञ्च बहादुर तामाङ, निजको बुहारी २८ बर्षिय फुलमाया तामाङ तथा नाति नातिनाहरु सबिता तामाङ, अर्जुन तामाङ, अनिता तामाङ र रमेश तामाङ गरी ६ जनाको मृत्यु भएको थियो । रोटी खाँदा अन्य १५ जना बिराम भएको थियो ।

About The Author

अन्य समाचारहरु: