Sat. Jun 15th, 2024

फोहोर बोक्ने गाडीको ठक्करबाट बालकको मृत्यु, सिसडोल तनाबग्रस्त

निराजन पौडेल

kathmandu-ko-fohor-e1417749259346

२७ फाल्गुण, नुवाकोट– राजधानीबाट फोहोर बोकेर आएको मिनिट्रकको ठक्करबाट ओखरपौवामा एक बालकको मृत्यु भएपछि फोहोर फाल्न अबरोध भएको छ ।

बधबार विहान फोहोर बोकेर आएको बा १ ख ९७२६ नम्बरको मिनिट्रकको ठक्बरबाट ओखरपौवा–८ सिसडोल नजिकै स्थानीय सन्तराम श्रेष्ठको ४ वर्षिय छोरा रिजन श्रेष्ठको ज्यान गएको थियो । बालकको मृत्यु भएपछि आक्रोशित स्थानीयले फोहोर व्यवस्थापनको लागि राखिएको डोजर, लोडर लगायत अन्य चार गाडी सहित बालकलाई ठक्कर दिने मिनिट्रकमा समेत आगो लगाएर ध्वस्त बनाइदिएका छन् । मिनीट्रकको ठक्कबाट घाइते हुनुभएका बालकको आमा कान्छी बलामीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घटनाको बिरोध गर्दै स्थानीयले फोहोर बोकेर ओखरपौवामा पुगेका अन्य गाडीहरुलाई पनि तोडफोड गर्न थालेपछि गाडीहरु फेहोर नै नफालि काठमाडौ नै फर्किएको स्थानीय सीताराम घिमिरेले बताउनु भयो ।

पीडितको परिवारलाई उचित क्षतिपुर्ति र दोषी चालकलाई कडा कारबाही नभएसम्म फोहोर फाल्न नदिने स्थानीयले राखेका छन् । बालकको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको प्रहरीले जनायो । स्थानीयले बालकको मृत्युपछि महानगरपालिका सँग भएको पहिलाको सहमति पनि कार्यान्वयन हुनुपर्ने माग समेत राखेका छन् । बिगतमा भएको सहमति कार्यान्वय, मृतकका आफन्तलाई क्षतिपुर्ति लगायतको माग राखेको प्रहरी निरिक्षक प्रद्युम्न अधिकारीले बताउनुभयो ।

काठमाण्डौ महानगरपालिका सँग स्थानीयले माग सम्बोधन नभए भोली देखि सिसडोलमा फोहोर फाल्न नदिने बताएका छन् । बालकको मृत्युपछि दिनभर सिसडोल तनाबग्रस्त बनेको थियो । सिसडोल क्षेत्र तनाबग्रस्त बनेपछि नुवाकोट जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी बल त्यसतर्फ पठाईएको छ । सिसडोल क्षेत्रमा थप क्षतिहुन नदिनका लागि प्रहरी निरिक्षकको कमाण्डमा ओखरपौवाको सिसडोलमा खटाईएको छ । अवरोधकर्ताहरुले ओखरपौवा र धादिङको छत्रे देउराली गाविसको विकास निर्माणका लागि काठमाडौँ महानगरपालिकाले वार्षिक एक करोड रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएकामा अब अनुदानलाई बढाएर वार्षिक रु दुई करोड बनाउनुपर्ने, सिसडोलको डम्पिङ साइट बन्द गरी एक किलोमिटर तल रहेको बञ्चरेमा डम्पिङसाइट बनाउनुपर्ने, विगतमा सरकारका मुख्यसचिवसँग ओखरपौवाको दुई माविलाई उच्चमावि बनाउने र ग्रामीण बाटोको कालोपत्रे गरिदिने भनी भएको सहमतिलाई तत्काल कार्यान्वयन गराउनुपर्ने, अर्जुन न्यौपाने संयोजक र जितबहादुर बलामी सह संयोजक रहेको स्थानीय दलका प्रतिनिधिको समितिलाई फोहोर व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी दिनुपर्ने, डम्पिङसाइटवरपरका जग्गाको अधिग्रहण गर्नुपर्नेलगायत माग राखेका छन् । यसअघि काठमाडौँ महानगरपालिकाले सिसडोलभन्दा एक किलोमिटर तल बञ्चरेमा बिसौँ वर्षसम्म फोहोर फाल्न सकिने भन्दै सिसडोललाई तीन वर्षमा बन्द गरी बञ्चरेमा फाल्ने योजना बनाएको भए पनि अझै कार्यान्वयन नभएको स्थानीयले बताएका छन् । राजधानीबाट फोहोर बोकेर १ सय ५६ भन्दा बढि गाडी सिसडोल पुग्ने गर्छन् ।

 

About The Author

Loading...

अन्य समाचारहरु: