Thu. Jun 13th, 2024

पुकुन घटनाका परिवारलाई सरकारले राहत र उपचार गर्ने

sushilkoirala_20141231085928

 धादिङ – प्रधानमन्त्री सुशील कोइरालाले विषाक्त रोटी खाँदा मृत्यु भएका धादिङ पुकुनका सन्चबहादुर स्याङ्तानको परिवारलाई राहत र बिरामी परेका व्यक्तिको उपचार सरकारले बहोर्ने बताउनुभएको छ ।

विषादी प्रयोग गरिएको गहु पिसेर रोरी बनाएर खाँदा विरामी परेका धादिङको पिडा गाविस वडा नम्बर ८ पुकुन र वडा नम्बर ७ सनिसटारका १५ जनाको उपचार खर्च सरकारले नै बेहोर्ने भएको हो ।

नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँग बुधबार बिहान प्रधानमन्त्री कोइरालाले उपचार खर्च सबै सरकारले बेहोर्ने बताउनुभएको हो । टोलीले बुझाएको ज्ञापनपत्रमा पीडित परिवारलाई आर्थिक सहयोग र विरामीहरुको स्वास्थोपचारको सम्पूर्ण व्यवस्था गर्न माग गरिएको छ । दुखद घटनाबारे सबैतिर चासो बढेकोले सरकारले पीडित बनेका परिवारलाई रोहतको लागि सरकारले जतिसक्दो सहयोग गर्ने बताउनुभयो ।
प्रधानमन्त्री कोइरालाले एक समवेदना सन्देश दिनुहँदै घट्नाले आफूलाई मर्माहत बनाएको बताउनुभयो ।

About The Author

Loading...

अन्य समाचारहरु: