दोहा (कतार) – पहिचान नखुलेपछि ३१ महिनादेखि एक नेपाली कामदारको शब यहाँ अलपत्र परेको छ । ती कामदारको सन् २०१२ अगस्ट २७ मा मृत्यु भएको थियो । अस्पतालमा ती कामदारलार्य उत्तमलाल महत्तोुको नाममा भर्ना भएको थियो । भर्ना भएको दुईदिनमा धेरैजसो अंगले काम नगरेपछि मृत्यु भएको हमाद अस्पतालले जनाएको छ । हमाद अस्पतालमा उनको दर्ता नम्बर एचसि २७४४७२३ु छ ।
नेपाली दुताबासले मृतकको सही नाम र ठेगाना पत्ता लगाउन प्रयास गरेपनि सम्भब भए पनि नखुलेको जनाएको छ । दुताबासका एक अधिकारीका अनुसार सन् २०१४ मार्च ६ गते महोत्तरी जिल्ला प्रशासन कार्यालयलाई उत्तमलाल महत्तोको बस्ताबिक बुझ्न पत्र पठाएको थियो । स्थानीय प्रशासनले यसबारे जवाफ दिएको छैन् । महत्तो बिरामी भएपछि एक जना नेपाली डाइभरले भर्ना गर्न अस्पताल लिएर गएको थियो । तर त्यस कम्पनीमा काम गर्ने अर्का उत्तमलाल महत्तो भने नेपाल फर्किसकेका छन् ।
दुताबासका जनसम्र्पक अधिकृत ताजले कम्पनीमा गएर ती कामदारुको बास्तबिक परिचय पत्ता लगाउन धेरै कोसिस गरेपनि सही सुचना पाउन सकेको छैन् । ऊ को हो भन्ने बिषय नेपाली डाइभरले मात्रै बताउन सक्ला ?, एक अधिकारीले भने,ुडाइभरले आफुलाई पुर्ण जानकारी नभएको बताउदै आएको छ ।
ती डाइभर एउटा मुद्दामा कतारको जेलमा रहेको नेपाली दुताबासले जनाएको छ । ुती कामदारले आफ्नै राहदानी प्रयोग नगरेको हो कि भन्ने शंका छु, श्रम सहचारी लिलानाथ दाहालले कान्तिपुरलाई भने,सही राहदानी प्रयोग गरेको भए केही न केही सुचना त पाइन्थ्यो । हमाद अस्पातलले शबलाई शब गृहमा सुरक्षीत रुपमा राखेको छ । यति लामो समयसम्म शब रहेको उनको मात्रै भएको हमादले जनाएको छ । दुताबासलाई पनि लामो समयदेखि आफन्त हराएको निबेदन परेको छैन् ।
जनवरीमा मात्रै २७ को मृत्यु
बैदेशिक रोजगारमा कतारमा आएका २७ नेपालीको जनवरीमा मृत्यु भएको छ । एक जना महिला छन् । जनवरीमा मृत्यु हुने नेपालीको सख्या अहिलेसम्मको उच्च हो । नेपाली दुताबासका अनुसार १० जना सडक दुर्घटना र कार्यस्थल दुर्घटनामा परी मृत्यु भएको छ । ५ जना नेपालीले आत्महत्या गरेका छन् । एक जना किड्नी फेल भएर बाँकी हृदयघात भएर मृत्यु हुन पुगेको हो ।
आत्महत्या गर्नेमा मानपुर-७, सर्लाहीका हरेन्द्र कपाड, सिम्ले-७, त्रेहथुमका पदमप्रसाद रिजाल, सिम्ले-९ त्रेहथुमका भक्तबहादुर तामाङ, आइराकोट-७, दार्चुलाका लालसिंह डडाल, निङ्गीहिवा-८, कपिलबस्तुका सुनौला गड्डी रहेका छन् । सादिया मेन्टीनेन्स एण्ड क्लिनीङ कम्पनीमा कार्यरत मेहन्दी हुसेन अलीले काम गर्ने टाँउबाट खसेर मृत्यु भएको हो । अल मिलियन सर्भिसाम कार्यरत तेलुङ्हा-६, पाल्पाका यामबहादुर चिदीको खस्दा टाउकोमा गम्भिर चोट लागेर ज्यान गएको हो । हमाद बिन खालिद हमाद कर्पोरेशनमा कार्यरत झिटकरिया-७, धनुषाका बासुदेब यादब र मादी-९, सखुवासभाका मोहनमणी कार्की माथिबाट झरेर ज्यान गएको हो ।
इकान्तिपुर अनलाइनबाट