Fri. Mar 29th, 2024

मुआब्जा वितरणलाई गति दिन बूढीगण्डकी प्रभावितको माग

 

१३ मंसिर,धादिङ ।
बूढीगण्डकी सरोकार समितिले चालु आर्थिक वर्षभित्रै बूढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावित क्षेत्रको मुआब्जा वितरणलगायतका काम सम्पन्न गर्न सरकारसँग माग गरेको छ ।

सरोकार समितिको तर्फबाट संयोजक हरेराम ढकालले जारी गरेको विज्ञप्तिमा डुबान पीडितको माग सम्बोधन गर्नेतर्फ सरकार र सरकारी निकायले ध्यान नदिएको तथा आयोजनाको भविष्यका बारेमा समेत पटकपटक अन्यौलता सिर्जना भएको उल्लेख गरीएको छ ।

हालसम्म आयोजनाका लागि अधिग्रहण गरिने भनिएको ५८ हजार १५३ रोपनीमध्ये गोरखातर्फ तीन हजार ८०० र धादिङतर्फ चार हजार ९०० गरी जम्मा आठ हजार ७०० रोपनीको मात्र मुआब्जा वितरण भएको छ ।

दुई जिल्लाका गरी अझै ४९ हजार रोपनी जग्गाको मुआब्जा वितरण बाँकी नै रहेको छ । डुबान क्षेत्रको जग्गा रोक्का भएको करिब दुई वर्ष र मुआब्जा घोषणाको एक वर्ष बित्दासमेत मुआब्जा वितरण प्रक्रियाले गति नलिएको भन्दै समितिले आयोजनाप्रति सरकार उदासीन भएको त होइन भन्ने प्रश्न गरेको छ ।
२०७४ मंसिर १३ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: