सरिता श्रेष्ठ
धादिङ – चाडैँ नै घर आउँछु भनी फोनमा कुरा गरेको छोरा एका एक बेपत्ता भएपछि अहिले धादिङ कुम्पुरकी लालमायाँ श्रेष्ठको आँखामा आँशुको धारा बग्न थालेको छ ।
२०७० माघ महिनाको १४ गते अन्तिम पटक छोरासँग फोनमा कुरा गरेको लालमायाले छोरासँग आफ्नो भेट गराइदिन पटक पटक आग्रह गर्छिन् । एक वर्ष भइसक्यो अहिलेलेसम्म छोराको बोली सुन्न पाएको छैन । हामीले फोन गर्दा पनि लाग्दैन । मेरो छोरो कहाँ पुग्यो होला ?’ छोरासँग भेट गराइदिन लालमाया घरपरिवार र आफन्तसँग पटक पटक आग्रह गर्छिन् ।
चारबर्ष अघि वैदेशिक रोजगारीको लागी मलेसिया पुगेका कुम्पुर गाउँ विकास समिति वडा नम्बर ८ का डिल बहादुर श्रेष्ठ गत एक वर्षदेखि सम्पर्क विहिन भएका छन् । विदेश गएको ऋण समेत तिर्न बाँकी रहेको डिल बहादुर श्रेष्ठले २०७० असोजमा ६० हजार पैसा पठाएका थिए । त्यसपछि न पैसा न फोन सम्र्पकमा नआएपछि उनका घरपरिवारले खोजी कार्य गर्न थालेको छ । उनी प्रवासी समन्वय समिति नेपालद्धारा मलेसिया गएका थिए ।
साहुसंग व्याजीमा ऋण मागेर धेरै पैसा कमाउने र आमा बाबुलाई राम्रो घरमा राख्ने सपना बोकेर २०६८ सालमा डिल बहादुर मलेसिया गएका थिए । तीन वर्षसम्म त घरमा बेलाबेला फोन गरिरहन्थ्यो । सन्चो विसन्चोको कुरा भइरहन्थ्यो । बुढा भएका बाबुको उपचारको लागि भनेर केही पैसा पनि पठाएका थिए । तर, छिट्टै फर्कन्छु भनेर फोन गरेदेखि अहिलेसम्म न त फोन आएको छ न मान्छे देख्न पाइएको छ । बुबालाई अस्पतालमा लैजानका लागि खर्च पनि नभएको लालमायाँ गुनासो गर्छिन् । छोरालाई खोजिदिन आग्रह गर्दै धादिङबेसीमा आइपुग्नु भएका डिलबहादुरकी आमा लालमायाँले आफ्नो दुख पोखेका थिए ।
छोरो वेपत्ता भएको खवर सुनेपछी अहिले लालमायाँ छिनछिनमा मुर्छित हुन्छीन् । विदेश जान लागेको ऋण तिर्नको लागि पैसा पठाउछु भनेर घरमा फोन गरेका डिलबहादुरको अहिले अत्तो पत्तो छैन । डिल बहादुर श्रेष्ठका ७० बर्षिय आमा लालमायाँले छोरा खोज्दीन पटक पटक सम्बन्धित सबैलाई आग्रह गरिरहिन ।
छोरा विदेशी भुमिमा बेपत्ता भएपछी घरमा रहेका बुढा बाबु र आमा रोएरै दिन काट्न बाध्य भएका छन् । बुढेसकालको साहार छोरो विदेशी भुमिमा बेपत्ता भएको खुबर सुनेदेखी डिलबहादुरको परिवारमा रुवाबासीनै चलेको छ । बुढा बुबाआमालाई पैसा कमाएर बुढेसकालमा लालनपालन गर्छु भनेर विदेश निस्केका छोरा नर्फकेपछी आमा लालमायाँ श्रेष्ठको आँखा एक वर्ष अघिदेखि ओभाएको छैन ।