Wed. Dec 4th, 2024

डढेलोबाट बच्न उपभोक्ताहरु नै सचेत बन्दै

sachat 1 copy

३० फागुन,  धादिङ – गर्मी मौसममा हुने वनजंगल डढेलो नियन्त्रण गर्नका लागि उपभोक्ताहरु आफै डढेलो नियन्त्रणका लागि सचेत बन्न थालेका छन ।

गर्मीयामको सुरु हुने वित्तिकै बन जंगलमा डढेलो लाग्ने र त्यसले समुदायमा नै नराम्रो असर पार्न थालेपछि वनजंगल जोगाउन उपभोक्ता समितिका सदस्यहरुनै लागिपर्न थालेका हुन । बनजंगल डढेलोबाट जोगाउने अभियान अन्तरगत शनिबार सलाङ गाँउ विकास समितिको वडा नं ८ बुङचुङमा डढेलो नियन्त्रणका लागि सचेतिकरण गोष्ठी तथा ¥याली गरिएको छ ।

जलविरे साुमदायिक बन उपभोक्ता समितिको आयोजनामा गरिएको बन डढेलो नियन्त्रण सम्वन्धी सचेतिकरण गोष्ठी तथा ¥यालीमा सलाङ गाउ विकास समितिका कालिपार सामुदायिक बन उपभोक्ता समितिका सदस्यहरु र जलविरे सामुदायिक बन उपभोक्ता समितिका सदस्यहरुको सहभागीता रहेको थियो ।

विगतका बर्षहरुमा बनमा लागेको डढेलोबाट स्थानियहरुलाइ नै असर गर्न थालेपछि वनको कसरी संरक्षण गर्न सकिन्छ र बनमा डढेलो लाग्नबाट जोगाउन के के गर्न सकिन्छ भनेर उपभोक्ता समितिका सदस्यहरुलाइ सचेत गराउनको लागि कार्यक्रमको गरिएको जलविरे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रेमनाथ भट्टले बताउनुभयो ।

गर्मीयाम सुरु हुने वित्तिकै बनजंगलमा डढेलो लाग्न सुरु हुने भएकाले स्थानिय उपभोक्ताहरुलाइ सचेत बनाउन सके र जंगल संरक्षणबाट हुने फाइदाहबारे जानकारी दिन सकेकोखण्डमा केही हदमा भएपनि डढेलो नियन्त्रण गर्न सकिने भएकाले यस्ता कार्यक्रममहरु समय समयमा गरिराख्नुपर्ने जलविरे सामुदायिक बनका उपभोक्ता अमर बहादुर शाहीले बताउनुभयो ।

युएसएआइडीको आर्थिक सहयोगमा डब्लुडब्लुएफ, केयर नेपाल, फेकोफन र एनटीएनसीको साझेदारीमा संचालित हरियो बन कार्यक्रम अन्तरगत सलाङको जलविरे सामुदायिक वनका उपभोक्ताहरुलाइ सचेत बनाउनका लागि गरिएको गोष्ठी तथा ¥यालीमा सामुदायिक बन उपभोक्ता महासंघ धादिङकी कार्यक्रम संयोजक सुष्मा सिलवाल र सामुदायिक बन उभोक्ता महासंघ जिल्ला कार्य समितिका सदस्य रन्जित सिलवालले बन डढेलो नियन्त्रणका विषयमा सहजीकरण गर्नुभएको थियो ।

गोष्ठी पश्चात सुरु भएको सचेतना ¥यालीले बन जोगाऔ :डढेलो नलगाउ, बन्यजन्तुको चोरी सिकारी नगरौ, एक रुख काटेमा १० रुख रोपौ भन्ने जस्ता नाराहरु लगाउदै जलविरे सामुदायिक बनको विभिन्न भाग परिक्रमा गरेको थियो ।

सुख्खा याममा बनजंगलमा लाग्ने डढेलोको असरहरुबारे बुझ्न थालेपछि पछिल्लो समय धादिङका विभिन्न सामुदायिक बनहरुले डढेलो नियन्त्रण सम्बन्धी सचेतिकरण कार्यक्रम संचालन गर्न थालेको छन्

About The Author

अन्य समाचारहरु: